आज ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं । नेप्सेमा सूचीकृत ६ कम्पनीको लाभांश सुरक्षित गर्ने  आज अन्तिम दिन रहेको छ  । लक्ष्मी सनराइज बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, आइसीएफसी फाइनान्स, डिप्रोक्स लघुवित्त, साना किसान विकास लघुवित्त र शिवम् सिमेन्ट्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो । यी कम्पनीले सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते  बुक क्लोज गर्दैछन् । तसर्थ, आज […]

बलेफी हाईड्रोको हकप्रदमा आवेदन दिने भोलि अन्तिम दिन

काठमाडौं । बलेफी हाईड्रोपावर लिमिटेडले गरेको  हकप्रद शेयर निष्काशन तथा बिक्री गरेको हकप्रदमा आवेदन दिने भोली अर्थात पुष १७ गते अन्तिम दिन रहेको छ । कम्पनीले  रु.१००/- अंकित दरका १,८२,७९,७०० कित्ता शेयरहरुको हकप्रद १:१ का दरले  निष्काशन गरेको थियो ।  हकप्रद शेयर बिक्रि प्रयोजनार्थ कम्पनीले २०८१ कार्तिक २१ गते बुक क्लोज गरेकाले सो दिन भन्दा […]

एनएलजी इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ  । इन्स्योरेन्सको हकप्रद शेयरमा मंसिर ११ गतेदेखि हकप्रद बिक्रि खुल्ला गरेको थियो । इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ६२.५६ प्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो । इन्स्योरेन्सले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ६.२५६ कित्ता […]

हुलास आईरन इन्डष्ट्रिजले बोलायो साधारण सभा, आईपीओको प्रस्ताव अघि बढाउने

काठमाडौं । हुलास आईरन इन्डष्ट्रिज लिमिटेडले पुस २५ गते दोस्रो वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभामा प्राथामिक सार्वजनिक प्रस्ताव (आईपीओ) निष्कासनको प्रस्ताव पारित गर्ने तयारी समेत कम्पनीले गरेको छ । मंसिर २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पुस २५ गते गणेशस्थान हामा अईरन बिल्डिङमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो […]

फर्स्ट माइक्रोफाइनान्सले १ लाख ४० हजार संस्थापक शेयर विक्री गर्दै

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ४० हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले सोमबारबाट विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र यी शेयर विक्री गर्न लागेको हो । प्रतिकित्ता २८० रुपैयाँ तोकिएको यी शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी पुरै कित्ता माग गर्नुपर्नेछ । आवेदन […]

मध्य ताराखोला हाइड्रोपावरले सर्वसाधारणका लागि आईपीओ जारी गर्दै

काठमाडौं । मध्य ताराखोला हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा आईपीओ जारी गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ जारी गर्ने प्रस्ताव पारितका लागि आगामी माघ ७ गते बिहान ११ बजे बाग्लुङस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा वार्षिक साधारण सभा बोलाएको छ । आईपीओ जारी गर्ने तयारी गरेको कम्पनीले त्यसका लागि आवश्यक पर्ने सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय […]

कुमारी बैंकको ५० हजार बढी कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले ५० हजार १९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले यही पुस १५ गतेबाट विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र प्राथमिकतामा राखेर यी शेयर विक्रीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय टंगाल, काठमाडौं वा शेयर रजिष्ट्रारको कार्यालय, नागपोखरी, नक्साल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ […]

सुपरमाई हाइड्रोपावरका शेयरधनीको बैंक खातामा पठायो नगद लाभांश

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले आफ्ना शेयरधनीलाई नगद लाभांश बैंक खातामा जम्मा गरिदिएको छ । मंसिर २८ गते साधारण सभा सम्पन्न गरेको यस कम्पनीले मंसिर १६ गतेसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीलाई नगद लाभांश खातामा पठाउन सुरु गरेको हो । कम्पनीले कनेक्ट आइपीएस मार्फत शेयरधनीहरुको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा ५ दशमलव […]

शेयर बजारमा दोहोरो अंकको गिरावट, ५ कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट

काठमाडौं । साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक २१.१२ अंकले घटेर २६०९.५८ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.४६ अंकले घटेर ४४८.९९ विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स १.४२ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.८४ अंकले […]

बोटलर्स नेपाल तराईको अठ्तिसौंं वार्षिक साधारण सभा पुस २६ मा, नगद लाभांश प्रस्ताव पारित गर्ने

काठमाडौं । बोटलर्स नेपाल लिमिटेडको अठ्तिसौं वार्षिक साधारण सभा पुस २६ गते बस्ने भएको छ । सभा दिउँसो ४ बजे होटल ¥याडिसन, लाजिम्पाट, काठमाडौंमा बस्ने लागेको कम्पनीको सञ्चालक समितिले जनाएको छ । मंसिर ५ गते बुधबार बसेको सञ्चालक समितिले उक्त निर्णय गरेको हो । सभामा चार वटा सामान्य प्रस्ताव पेश गरिने छ । जसमा आर्थिक […]