बोटलर्स नेपालको ४६ औं वार्षिक साधारण सभा पुस २६ मा

काठमाडौं । बोटलर्स नेपाल लिमिटेडको छयालिसीऔं साधारण सभा पुस २६ गते बस्ने भएको छ । सभा दिउँसो ४ बजे होटल ¥याडिसन, लाजिम्पाट, काठमाडौंमा बस्ने लागेको कम्पनीको सञ्चालक समितिले जनाएको छ । मंसिर ५ गते बुधबार बसेको सञ्चालक समितिले उक्त निर्णय गरेको हो सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने र प्रबन्ध […]

सात कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सात कम्पनीको लाभांश सुरक्षित गर्ने आज पुस १४ गते अन्तिम दिन रहेको छ । ती कम्पनीले लाभांश वितरण र वार्षिक साधारणसभा प्रयोजनार्थ पुस १६ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ भोलि पुस १५ गते तुम ल्होसारको सार्वजनिक बिदा परेकोले आज पुस १४ गतेसम्म कायम शेयरधनीहरुले ती कम्पनीको लाभांश पाउन र […]

साताको शेयर : सम्पूर्ण सूचक सकारात्मक, ५६ अर्बले बजार पुँजीकरण रकम र १७ करोडले कारोबार रकममा वृद्धि

काठमाडौं । यो साता ४ दिन खुलेको शेयर बजारका समूह परिसूचक बाहेक सम्पूर्ण सूचकहरु सकारात्मक रह्यो । साताभर खुलेको शेयर बजारमा तुलनात्मक रुपमा नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक, सेन्सेटिभ इनडेक्स, कारोबार शेयर कित्ता, कारोबार रकम र बजार पुँजीकरण सकारात्मक रह्यो । नेपाल स्टक एक्सचेन्ज, नेप्सेले उपलब्ध गराएको तथ्यांक अनुरुप गत साताको तुलनामा यो साता कारोबार […]

मन्दाकिनी हाइड्रोपावरले १२५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने, विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले हकप्रद निष्कासन गर्न ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा विक्री प्रबन्धक नियुक्त गरेको छ । मन्दाकिनी हाइड्रोपावरको तर्फबाट सञ्चालक समितिका अध्यक्ष शरद कुमार दाहाल र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइँटेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । कम्पनीको २०८१ मंसिर ७ गते सम्पन्न भएको एघारौं वार्षिक साधारण सभाबाट […]

फर्स्ट माइक्रोफाइनान्सको १५ औं साधारण सभा सम्पन्न, ९.४७ प्रतिशत लाभांशको प्रस्ताव

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १५ औं साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ । साधारण सभाले सञ्चालक समितिका तर्फबाट अध्यक्ष राजा अर्यालले प्रस्तुत गरेको सञ्चालक समितिको वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ । त्यसैगरी नेपाल वित्तीय प्रतिवेदन मानबमोजिम तयार गरिएको वार्षिक वित्तीय विवरण सहितको लेखापरीक्षण प्रतिवेदनसमेत पारित गरेको छ । उक्त सभाले […]

सर्वोत्तम सिमेन्ट र ग्रिन भेन्चर्सको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सर्वोत्तम सिमेन्ट र ग्रिन भेन्चर्स लिमिटेडका शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले यी दुई कम्पनीको शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। सर्वोत्तम सिमेन्टको अघिल्लो कारोबार दिन प्रतिकित्ता ७६४ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको यस कम्पनीको शेयरमूल्य ७ प्रतिशत […]

सामान्य अंकले बढ्यो नेप्से र कारोबार रकम

काठमाडौं । बुधबार सार्वजनिक बिदा पछि खुलेको शेयर बजार सामान्य बढेको छ । साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ४.१९ अंकले बढेर २६३०.७१ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.३० अंकले बढेर ४५१.४५ विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स ०.२४ र सेन्सेटिभ फोल्ट […]

यी चार कम्पनीको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । आज सर्वोत्तम सिमेन्ट, एचआईडिसीएल, सिद्धार्थ बैंक र ग्रिन भेन्चर लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारणसभा प्रयोजनार्थ पुस १२ र १४ लाई बुक क्लोज  तोकेकाले यी कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन  रहेको हो । यो कम्पनीका आज सम्म कायम शेयरधनीले मात्र कम्पनीको साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन […]

गार्डियन माइक्रोलाईफको आइपिओ पुष २१ देखी

काठमाडौं । गार्डियन माइक्रोलाईफ इन्स्योरेन्सले सर्वसाधारणको लागि आइपिओ जारि गर्ने भएको छ । कम्पनीले प्रति कित्ता १०० का दरले  १८४५००० कित्ता शेयर सर्वसाधारणको लागि जारी गर्न लागेको हो । यस अघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि आइपिओ  जारी गरिसकेको छ   । कम्पनीले  कम्पनीमा कार्यरत कर्मचारी वैदेशिक रोजगारीमा रहेका नागरिक लाई  प्रारम्भिक सार्वजनिक निश्काशन गरेपछी […]

महिला लघुबित्त बित्तिय संस्थाको शेयर मुल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्चेन्ज नेप्से ले महिला लघुबित्त बित्तिय संस्थाको शेयर मुल्य समायोजन गरेको छ । नेप्सेले संस्थाले गत बर्षको नाफाबाट १४.२५ प्रतिशत बोनस शेयर बितरण गरे पश्चात शेयरको मूल्य समायोजन गरेको हो । समायोजन अघि प्रति कित्ता १७२२ मा कारोबार भएको यस लघुबित्तको शेयर समायोजन पश्चात १५०७.२२ भएको छ। कम्पनीको  आजको कारोवार समायोजन […]