नागरिक लगानी कोषको वार्षिक साधारणसभा पुष २९ मा हुने, लाभांस प्रस्ताव पारित गर्ने

काठमाडौं । नागरिक लगानी कोषको (सीआईटी) ३० औँ वार्षिक साधारणसभा पुस २९ गते काठमाडौं नयाँबानेश्वरस्थित सीआईटी बिल्डिङमा बोलाएको छ । कोषको सञ्चालक समितिको सोमबार बसेको बैठकले वार्षिक साधारणसभा पुष २९ गते गर्ने निर्णय गरेको हो ।  साधारण सभाले गत आर्थिक वर्ष २०८०\८१ का प्रस्तावित चुक्तापुँजीको कुल १३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ७ प्रतिशत बोनस […]

महुली लघुवित्तको एफपिओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयरको थप सार्वजनिक निष्काशन (फर्दर पब्लिक इस्यू) एफपिओमा आबेदन दिने आज अन्तिम दिन रहेको छ । संस्थाले  चुक्ता जारी पूँजी रु.३२,२३,७८, ५८५, (अक्षेरुपी बत्तिस करोड तेईस लाख अठहत्तर हजार पाँच सय पचासी रुपैयाँ मात्र) को ८०.३२ प्रतिशत शेयरको  रु. ४,७५,४४,९१५ /- रकम बराबरको प्रति शेयर अंकित मूल्य […]

२८ अंकले नेप्से बढ्दा कारोबार रकम ८ करोडले खुम्चियो, ५ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । चार दिन पछि सेयर बजारका केहि सूचकहरुमा सुधार देखिएको छ । साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक २८.९१ अंकले बढेर २६१२.२० विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३.४८ अंकले बढेर ४४६.५६ विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स १.९४ र सेन्सेटिभ फोल्ट […]

ग्लोबल र सुपरखुदी हाइड्रोपावरले सर्वसाधारणका लागि आइपीओ जारी गर्ने

काठमाडौं । नेपालमा पछिल्लो समय आइपीओ निष्कासनका लागि आवेदन दिने कम्पनीहरूको सङ्ख्या बढेको छ। आज मात्रै दुई हाइड्रोपावर कम्पनीहरूले आफ्नो आइपीओ निष्कासन प्रस्ताव पारित गर्नका लागि साधारण सभा बोलाएका छन्। ग्लोबल हाइड्रोपावर एसोसिएटस् र सुपरखुदी हाइड्रोपावरले आइपीओ प्रस्तावसहित वार्षिक साधारण सभा आह्वान गरेका छन्। ग्लोबल हाइड्रोपावरले पुस २९ गतेको लागि साधारण सभा बोलाएको छ, जुन […]

इन्फिनिटी लघुवित्तले पुस २९मा साधारण सभा गर्ने, लाभांश वितरण नगर्ने प्रस्ताव

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले आठौं वार्षिक साधारण सभा पुस २९ गते गर्ने भएको छ । सभा सहमति संस्था विजय चोक गैडाकोट नवलपरासीमा हुने कम्पनीले जनाएको छ । सभा बिहान ९ बजे शुरु हुनेछ । सभाले गत आवको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक […]

म्याग्दी हाइड्रोपावरले साढे ४७ करोडको सेयर निष्काशन गर्ने, कोषसँग सम्झौता

काठमाडौं । नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावर लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ। सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र म्याग्दी हाइड्रोपावरका अध्यक्ष भरतप्रसाद नेपालले आइतबार हस्ताक्षर गरेका छन्। म्याग्दी हाइड्रोले प्रतिसेयर एक सय रुपैयाँका दरले ४७ लाख ४५ हजार कित्ताबापतको ४७ करोड ४५ लाख रुपैयाँबराबरको सेयर निष्काशन गर्ने भएको हो। यसकै […]

लुम्बिनी विकास बैंकले पुस २९ मा साधारण सभा गर्ने, ७ प्रतिशत लाभांश प्रस्ताव लैजाने

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । बैंकले पुस २९ गते, अमृतभोग, कालिकास्थान, काठमाडौँमा १७ औँ वार्षिक साधारण सभा बोलाएको हो । सो सभा बिहान साढे १० बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर […]

प्रोगेशिभ फाइनान्सको वार्षिक साधारण सभा पुस २९ मा, लाभांश वितरण नगर्ने प्रस्ताव

काठमाडौं । प्रोगेशिभ फाइनान्स लिमिटेडले आगामी वार्षिक साधारण सभा पुस २९ गते गर्ने भएको छ । आइतबार बसको कम्पनीको ५३३ औं सञ्चालक समितिको बैठकले २७ औं तथा २८ औं वार्षिक साधारण सभा पुस २९ गते ललितपुर महानगरपालिका वडा नम्बर ९ स्थित ज्यापू प्रज्ञभवन, भोलगणेशमा गर्न लागेको हो । सभामा वार्षिक वित्तीय प्रतिवेदन उपर छलफल गरी […]

कालिका पावर कम्पनीले ७ प्रतिशत लाभांश प्रस्ताव साधारण सभामा पेश गर्दै

काठमाडौं ।कालिका पावर कम्पनी लिमिटेडले आगामी वार्षिक साधारण सभा पुस २९ गते गर्ने भएको छ । आइतबार बसेको सञ्चालक समितिको निर्णय अनुरुप कम्पनीको आगामी सत्रौं वार्षिक साधारण सभा पुस २९ गते भरतपुर महानगरपालिका वडा नम्बर १०, चितवनस्थित दियोलो फुडल्याड चितवन प्रा.लिमा बस्ने भएको हो । सभा बिहान ११ बजे बस्ने बताइएको छ । बैठकले आर्थिक […]

रसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरु

काठमाडौं । उत्तरी रसुवाको टिमुरेस्थित रसुवागढी हाइड्रो पावरले  परीक्षण उत्पादन सफल भएको छ  । गोसाइँकुण्ड गाउँपालिका वडा नं १ र २ को  तातोपानीस्थित भोटेकोसीको तटीय क्षेत्रमा भूमिगत संरचनाबाट सो विद्युत् गृह निर्माण गरिएको  छ । उक्त विद्युत् गृहमा जडित ३३\३३ मेगावाट क्षमताको तीनवटा मेसिन विद्युत् उत्पादनहुने जनाइएको छ । हाल चिसोयामका कारण खोलाको पानी बहाव […]