पुँजीबजारलाई स्वच्छ, पारदर्शी तथा समय सापेक्ष बनाइने: नवनियुक्त सेबोन अध्यक्ष

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले समग्र पुँजीबजारलाई स्वच्छ, पारदर्शी तथा समय सापेक्ष आधुनिक प्रविधिमैत्री बनाई नियमन तथा सुपरिवेक्षण कार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल मर्चेन्ट बैंकर्स संघको कार्यसमिति पदाधिकारीहरुको भेटघाटमा अध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् । संघका कार्यसमितिका पदाधिकारीहरुले मंसिर १३ अध्यक्ष श्रेष्ठसँग भेटघाट गरेका हुन् […]

सूर्यज्योति लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीहरुलाई कर प्रयोजनार्थ सहित २० प्रतिशत नगद लाभांश घोषणा गरेको छ। मंसिर १४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो […]

सेबोन प्रवक्तामा उपकार्यकारी निर्देशक निरञ्जय घिमिरे

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) प्रवक्ताको जिम्मेवारी उपकार्यकारी निर्देशक निरञ्जय घिमिरे पाएका छन् । नवनियुक्त सेबोन अध्यक्ष सन्तोषनारायण श्रेष्ठले कार्यभार सम्हालेको दोस्रो दिन घिमिरेलाई प्रवक्ताको जिम्मेवारी सुम्पेका हुन् । मंसिर १३ गतेदेखि लागु हुनेगरी घिमिरेलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो । यसअघि प्रवक्ताको प्रवक्ताको जिम्मेवारीमा सेबोनका कार्यकारी निर्देशक डा. नवराज अधिकारी थिए । मंसिर १० गतेको […]

मौद्रिक नीति पहिलो त्रैमास समिक्षा सार्वजनिक, के परिवर्तन भयो नीतिगत व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्ष २०८१\०८२  मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ ।  नेपाल राष्ट्र बैंकले आज समीक्षा सार्वजनिक गरेको हो। समीक्षामा  मार्फत राष्ट्र बैंकले केहि पनि नीतिगत परिवर्तन गरेको छैन। समीक्षामा मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई ५ प्रतिशत, ब्याजदर करिडोर अन्तर्गतको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३.०० […]

३ दिन पछि घट्यो शेयर बजार, नेप्सेका सबै सूचक सहित कारोबार रकम पनि घट्यो

काठमाडौं । लगातार तीन दिन बढेको शेयर बजार चौथो दिनमा भने खुम्चिएको छ । सोमबार देखि बुधबार सम्म बढेको शेयर बजार साताको अन्तिम दिन बिहीबार एकोहोरो अंकले घटेको हो । बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से ८.३० अंकले घटेर २७४८.०५ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ३.३८ अंकले घटेर […]

इमर्जिङ्ग भेन्चरको वार्षिक साधारण सभा मङ्सिर २१ मा, १० प्रतिशत नगद लाभांश प्रस्ताव

काठमाडौं । इमर्जिङ्ग भेन्चर लिमिटेडको वार्षिक साधारण सभा मङ्सिर २१ गते गर्ने भएको छ । सभा कृष्ण टावर दोस्रो तल्ला नयाँ बानेश्वर काठमाडौंमा बिहान १० बजे शुरु हुने कम्पनीले जनाएको छ । सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षणको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव […]

सुपरमाई हाइड्रोपावरले बोलायो मङ्सिर २८ मा साधारण सभा

काठमाडौं । सुपारमाई हाइड्रोपावर लिमिटेडले मङ्सिर २८ गते १०औं वार्षिक साधारण सभा बोलाएको छ । मङ्सिर २ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा मङ्सिर २८ गते गर्ने निर्णय गरेको हो । सभाले ७ प्रतिशत बोनस शेयर र करसहित ५ दशमलव ६३१ प्रतिशत नगद गरी कुल १२ दशमलव ६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित […]

मौलाकाली केवल कारको वार्षिक साधारण सभा हुँदै, हकप्रद शेयर जारी गर्ने  

काठमाडौं । यस मौलाकाली  केवन कार लिमिटेडले वार्षिक साधारण २०८१ पौष ७ गते कम्पनीको राजिस्टर्ड कार्यालय गैंडाकोट न.पा. १ विहान १० बजेलाई बोलाएको छ । साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको ०८१ मा मसान्तको वासलात तथा २०८० श्रावण १ देखि २०८१ आषाढ मसान्त सम्मको नाफा नोक्सान हिसाब र सोहि अवधिको नगव प्रवाह विवरण सम्बन्धी विषयमा उनफल […]

घाटाबाट १ करोड २८ लाख नाफामा शिवम् सिमेन्ट

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा शिवम् सिमेन्टले करिब १ करोड २७ लाख ९९ हजार खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा कम्पनी ५ करोड ३४ लाख २० हजार रुपैयाँ खुद घाटामा थियो । कर्जा रकम घट्दा कम्पनी नाफामा गएको हो । अघिल्लो आवको सोही अवधिमा […]

शेयर बजारका सबै सुचक बढ्यो, कारोबार रकम पनि पौन २ अर्बले बढ्यो

काठमाडौं । पछिल्ला दिनमा शेयर बजार लगातार बढेको छ । तीन दिनसम्म बढेको शेयर बजार बुधबारसम्म आइपुग्दा शेयर बजारका शतप्रतिशत सूचकहरु बढेका छन् । बुधबार नेपाल स्टक एक्सचेन्ज, नेप्से ३८.८१ अंकले बढेर २७५५.४७ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ३.३३ अंकले बढेर ४८०.९० विन्दुमा पुगेर बन्द भएको छ […]