वाणिज्य बैंक र एक कम्पनीको १ लाख ५२ हजार कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । वाणिज्य बैंक र एक कम्पनीको १ लाख ५२ हजार २५० कित्ता संस्थापक शेयर मंगलवारबाट विक्रीमा आएको छ । एनएमबि बैंकले १ लाख २३ हजार ३२४ कित्ता र विन नेपाल लघुवित्तले २८ हजार ९२६ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएका हुन् । यसअघि यी शेयर विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र विक्री खुला गरिएको थियो । […]

हाथवे इन्भेष्टमेन्ट नेपालको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात कात्तिक ७ गते बुकक्लोज गर्दैछ । सोही अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन । कम्पनीले कात्तिक २५ […]

पाँच वर्ष पुरानो लाभांश बुझिलिन हिमालयन एभरेष्ट इन्स्योरेन्सको आग्रह

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले पाँच वर्ष पुरानो लाभांश लिन सम्बन्धित शेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले मंगलवार सूचना जारी गर्दै अघिल्ला पाँच वर्ष पुरानो लाभांश रकम आगामी ३५ दिनभित्र बुझ्न आग्रह गरेको हो । साविक हिमालयन जनरल इन्स्योरेन्स तथा एभरेष्ट इन्स्योरेन्स कम्पनीका शेयरधनीहरुलाई पाँच वर्ष पुरानो लाभांश बुझ्न कम्पनीले भनेको हो । तोकिएको […]

थ्रिस्टार हाइड्रोपावरले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं । थ्रिस्टार हाइड्रोपावर लिमिटेडले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी ४९ करोड २५ लाख रुपैयाँको १ बरावर १ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो । कात्तिक ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो […]

श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको साधारणसभा हुँदै, कार्तिक २१ गते बुक क्लोज

काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले साधारणसभा मंसिर ६ मा बनोलाएको छ । कम्पनीको साधारणसभा प्रयोजनार्थ कार्तिक २१ गते बुक क्लोज हुनेछ। अत कार्तिक २० गतेसम्म कायम शेयरधनीले मात्र साधराण सभामा भाग लिन सक्ने छन् । कम्पनीले यो बर्ष  लाभांश प्रस्ताव गरेको छैन । कम्पनीको साधारणसभामा कम्पनीको सञ्चालक समितिको आठौं वार्षिक प्रतिवेदन छलफल […]

शेयर लगानीकर्तालाई धितोपत्र बोर्डको १७ बुँदे सचेतना  सन्देस

काठमाडौं । नेपाल धितोपत्र बोर्डले विश्व लगानीकर्ता सप्ताह २०२४ को अवसरमा शेयर लगानीकर्ताको लागि सचेतना १७ बुँदे सचेतना  संदेश जारी गरेको छ । बोर्डले तयार गरी लगानी कर्ताको लागि प्रसारित सन्देसमा  शेयर लगानी गर्दा के कस्ता बिषयलाई प्राथमिता  ध्यान दिने  र के-के बिषयाम महत्व नदिने  भन्ने कुरा उल्लेख गरिएको छ । बोर्डले जारी गरेको १७ […]

नेपाल धितोपत्र बोर्डले विश्व लगानीकर्ता सप्ताह २०२४ मनाउने

काठमाडौं । धितोपत्र बजारका नियमनकर्ताहरुको अर्न्तराष्ट्रिय संगठन (International Organisation of Securities Commissions, IOSCO) ले सन् २०१७ देखि विश्व लगानीकर्ता सप्ताह (World Investor Week) आयोजना गरी धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ताहरुलाई लगानी शिक्षा, सचेतना, सावधानी तथा बजारका विविध पक्षहरुका सम्बन्धमा लगानीकर्ताहरुलाई जानकारी प्रदान गर्ने उद्देश्यले विश्वव्यापीरुपमा सप्ताहभर विभिन्न कार्यक्रमहरु सञ्चालन गरी मनाउँदै आईरहेको छ  । बोर्डले […]

नेप्से सँगै कारोबार रकम पनि घट्यो

काठमाडौं । आइतबार घटेको नेप्से सोमबार पनि घटेको छ । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५७.९९ अंकले घटेर २६३९.९२ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ११.१४ घटेर ४७६.२९ विन्दुमा पुगेर बन्द भएको छ । सोमबार ३१९ वटा कम्पनीको १ करोड ३८ लाख ६३ हजार कित्ता शेयर कारोबार […]

सपोर्ट लघुवित्तको लाभांश घोषणा

काठमाडौं । सपोर्ट लघुवित्तले लाभांश घोषणा गरेको छ। लघुवित्तको आइतबार बसेको सञ्चालक समितिको २३२ औं बैठकले शेयरधनीहरुलाई १३.७७५ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि ०.७२५ प्रतिशत नगद गरी कुल १४.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउने […]

मन्दाकिनी हाइड्रोपावरले बोलायो वार्षिक साधारणसभा , लाभांश र हकप्रद मुख्य एजेण्डा

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर कम्पनीले ११ औँ वार्षिक साधारणसभा मंसिर ७ गते काठमाडौंको लाजिम्पाटस्थित नेपाली चुलोमा बोलाएको छ । साधारणसभाले गत आर्थिक वर्ष २०८०\८१ का लागि प्रस्तावित चुक्तापुँजीको ५.२६३२ प्रतिशत लाभांश अनुमोदन गर्ने पस्ताव रहेको छ । जसमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश रहेको छ । साधारणसभाले माथिल्लो मर्दी […]