अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयरमूल्य समायोजन

काठमाडौं ।अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेले कम्पनीको ३ प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको शेयरमूल्य २७१ रुपैयाँ ८४ पैसा कायम भएको छ । नेप्सेले […]

सिईडिबि हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको साधारणसभा हुँदै सञ्चालक समिति परिवर्तन हुने

काठमाडौं । सिईडिबि हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड विशेष साधारण सभा हुने मिति, समय र स्थान कार्तिक २०, २०८१ बिहानको ८:०० बजे, मंगलबार कालिमाटी ब्याङ्क्वेट, कालिमाटी, काठमाण्डौ, मा बोलाएको छ । साधारणसभामा विशेष प्रस्तावको रुपमा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने रहेको छ । साधारणसभाले नियमक निकायहरुको निर्देशन अनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावलीका प्रस्तावित संशोधनहरुमा परिमार्जन […]

उच्च अंकले नेप्से घट्दा कारोबार रकममा वृद्धि

काठमाडौं ।  साताको पहिलो दिन सेयर बजारका अधिकांश सूचकहरु राताम्मे  देखिदा  नेप्से उच्च अंकले घटेको छ । आइतबार नेप्से परिसूचक ४७.४४ अंकले घटेर २६९७.९१ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै सेन्सेटिभ इन्डेक्स पनि ७.९१ अंकले घटेर ४८७.३९ विन्दुमा पुगेर बन्द भएको छ । आइतबार ३१५ वटा कम्पनीको २ करोड ८ लाख ६८ हजार ९१९ […]

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका आज सम्म कायम शेयरधनीले मात्र लांभास पाउने

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। लाभांश वितरण र वार्षिक साधारणसभा प्रयोनार्थ कम्पनीले भोलि कात्तिक ५ गते बुक क्लोज गर्दैछ । भोलि बुक क्लोज हुने भएकाले  आजसम्म कायम शेयरधनीले मात्र कम्पनीको लाभांश र सभामा सहभागी हुन पाउनेछन् । कम्पनीले आफ्नो २७ औँ वार्षिक साधारणसभा कात्तिक १४ […]

साताको शेयर : कारोबार रकम घट्यो, बजार पूँजीकरण रकम बढ्यो

काठमाडौं । तीन दिन खुलेको शेयर बजारमा यो साता नेप्से परिसूचक बढ्दा कारोबार रकम घटेको छ । गत साताको तुलनामा यो साता कारोबार रकम ५ अर्ब ६७ करोड ४० लाख रुपैयाँले घटेको छ । यो साता तीन दिन मात्र खुलेको शेयर बजारमा कारोबार रकम १५ अर्ब ९१ करोड ५३ लाख रुपैयाँ रहेको छ । अघिल्लो […]

१८ लाख ७९ हजार मेरो शेयर खाता निष्क्रिय

काठमाडौं । साढे १८ लाख भन्दा बढी मेरो शेयर खाता निष्क्रिय रहेको पाइएको छ । धितोपत्र राफसाफकर्ता सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले सार्वजनिक गरेको तथ्यांकअनुसार १८ लाख ७९ हजार ६२ मेरो शेयर खाता निष्क्रिय अवस्थामा छन् ।अनलाइनमार्फत धितोपत्र कारोबारका लागि प्रयोग हुँदै आएको  उक्त संख्यामा मेरो शेयर खाता निष्क्रिय अवस्थामा रहेको हो । सीडीएससीका […]

क्यापिटल म्याक्सले ४ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडौं । क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेडले ४ प्रतिशत नगद लाभांश (करसहित) प्रस्ताव गरेको छ । कम्पनीले लाभांश प्रस्ताव पारित गर्न कात्तिक २४ गते साधारण सभा पनि बोलाएको छ । सभा काठमाडौंको ज्ञानेश्वरस्थित एटिक रेष्टुरेन्टमा उक्त दिन बिहान ९ बजे शुरु हुनेछ । सभामा लाभांश प्रस्ताव पेश हुनेछ । त्यस्तै, सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक […]

नेशनल लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

काठमाडौं । शुक्रवार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको २० लाख ४ हजार ६६६ दशमलव ५७ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न पाइनेछ । कम्पनीले गत भदौ ७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित […]

आरएसडीसी लघुवित्तको लाभांश घोषणा

काठमाडौं । आरएसडीसी लघुवित्तले लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस शेयर र सोमा कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको हो । कुल १० प्रतिशतअन्तर्गत ९ करोड ४४ लाख ३५ हजार रुपैयाँ बराबर लाभांश कम्पनीले प्रदान […]

समता घरेलु लघुविले एफपीओ निष्काशनको अनुमति पायो

काठमाडौं । समता घरेलु लघुवित्तले साधारण शेयरको थप निष्काशन (एफपीओ) गर्न स्वीकृति पाएको छ । नेपाल धितोपत्र बोर्डले यो कम्पनीलाई १०० रुपैयाँ अंकित दरमा ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ बराबरको ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ निष्काशन स्वीकृति दिएको हो । यो कम्पनीको चुक्तापूँजी ५६ करोड ४० लाख रुपैयाँ रहेको छ । […]