छिमेक लघुवित्त संस्थापक शेयर विक्री गर्दै
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर विक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनी प्रकाश चन्द्र खनालको नाममा रहेको २ हजार ९७७ कित्ता शेयर बिक्रीमा राखेको हो । अहिले धितोपत्रको दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता १ हजारमा कारोबार भइरहेको छ । उक्त शेयरको न्यूनतम बिक्री मूल्य प्रतिकित्ता ४३० रुपैयाँ तोकिएको छ । […]