नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक सेयर बिक्रिमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको  एक लाख ६८ हजार १९१ कित्ता संस्थापक सेयर बिक्रीमा रहेको छ ।  बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको उक्त कित्ता सेयर बिक्रीमा ल्याएको हो । बैंङ्कले जारी गरेको सुचनामा सेयर बिक्रीको लागि पहिलो प्राथमिकता संस्थापक सेयरधनीहरुलाई दिइएको छ । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले  आज जेठ ११ गतेदेखि […]

उत्पादक कम्पनी स्मार्ट डोर्सको आईपीओ आउँदै

काठमाडौं । उत्पादक तथा वितरक कम्पनी स्मार्ट डोर्सले आईपीओ निष्कासन गर्ने भएको छ। आईपीओ निष्कासनका बिक्री प्रबन्धक नियुक्ती गर्नुका साथै धितोपत्र बोर्डमा निवेदन दिइसकेको कम्पनीका सञ्चालक प्रबन्धक दीपेन्द्र अग्रवालले बताए। आईपीओ निष्कासनका लागि कम्पनीले बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त गरेको छ। गत पुसमै धितो पत्र बोर्डमा आवेदन दर्ता गराइसकेको छ। कम्पनीले एक सय रुपैयाँ अंकित […]

हिम पर्वत हाइड्रोले आईपीओ निष्काशन गर्ने, विशेष साधारणसभा आह्वान

काठमाडौं । हिम पर्वत हाइड्रोपावरले सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएको छ । आईपीओ निष्काशन प्रक्रियाका लागि कम्पनीले जेठ २७ गते विशेष साधारणसभा बोलाएको छ । उक्त सभाबाट सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित हुनेछ । सोही साधारणसभाले कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने तथा पूँजी संरचनामा परिवर्तन एवं अग्राधिकार शेयरलाई साधारण शेयरमा परिणत गर्ने […]

बुद्ध भुमि नेपाल हाइड्रोपावरका कम्पनी सचिव तथा वित्त प्रमुखको राजिनामा

काठमाडौं । बुद्ध भुमि नेपाल हाइड्रोपावरका कम्पनी सचिव तथा वित्त प्रमुखले राजिनामा दिएका छन्। कम्पनीको सुरुवाती अवस्थादेखि कम्पनीको वित्त तथा लेखा प्रमुखको रुपमा जिम्मेवारी निर्वाह गर्दै आएका अधिवक्ता शुक्रराज डंगोलले कार्य व्यस्तातका कारण राजिनामा दिएको जनाइएको छ।

सन नेपाल लाइफ इन्स्योरेन्सको साधारण सभा, २३.८० प्रतिशत बोनस र हकप्रद प्रस्ताव पारित

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा काठमाडौंको कालिकास्थानस्थित अमृतभोग केटरर्समा बुधबार सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०७९/८० सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ३ अर्ब २० करोड रुपैयाँको २३.८० प्रतिशतले हुन आउने रकम ७६ करोड १६ लाख रुपैयाँबराबरको बोनस सेयर जारी गर्ने […]

लगातार चौथो दिन बढ्यो नेप्से, ६ अर्बको कारोबार

काठमाडौं । साताको चौथो दिन आइपुग्दा सेयर बजार दोहोरो अंकले बढेको छ बुधबार सेयर कारोबार नेप्से परिसूचक १५.५४ अंकले बढेर २ हजार १ सय ३१.४९ अंकमा पुगेर बन्द भएको हो । यो सँगै नेप्से साताको चौथो दिन पनि बढेको हो । मंगलबार नेप्से परिसूचक २३.९४ अंकले बढेर २ हजार १ सय १५.९४ अंकमा पुगेर बन्द […]

३५ कम्पनीको करिब २८ अर्ब आइपीओ आउने

काठमाडौं । विभिन्न ३५ वटा कम्पनीले पुँजी जम्मा गर्ने उद्देश्यले करिब २८ अर्ब रुपैयाँ बराबरको साधारण शेयर (आइपीओ) जारी गर्ने तयारीमा रहेको छ । जलविद्युत, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन , लगानी र लघुवित्त लगायतका विभिन्न क्षेत्रका ३५ वटा कम्पनीहरुले २७ अर्ब ९३ करोड ४४ लाख ३७ हजार दुई सय ३३ रुपैयाँ बराबरको आइपीओ […]

महिला लघुबित्तको संस्थापक सेयर बिक्रिमा सर्बसाधारणले आबेदन गर्न पाउने

काठमाडौं । महिला लघुबित्त बित्तिय संस्थाको  १९९४७२ कित्ता संस्थापक शेयर बिक्रिमा रहेको छ । संस्थाको संस्थापक शेयर खरिद गर्न चाहने जो सुकै ब्यक्ति तथा संस्थाले २०८२ जेठ २३ गते भित्र नेपाल एसबिआइ मर्चेण्ट बैकिङ्ग लिमेटेट लेखनाथमार्ग, ठमेल, काठमाण्डौमा  आफुले खरिद गर्न चाहेको शेयर संख्या कित्ता खुलाई बोलकबोलमा शिलबन्दी खामभित्र आबेदन  माग गरेको छ  । सेयर […]

बजेट बनाउन शाक्यको आवश्यकता, धितोपत्र बोर्ड अध्यक्षको जिम्मेवारीमा राना

काठमाडौं । अर्थमन्त्रालयले नेपाल धितोपत्र बोर्डको सञ्चालकमा प्रतिनिधित्व गर्ने प्रतिनिधि फेरेको छ। धितोपत्र बोर्डमा प्रतिनिधित्व गर्ने सहसचिव रितेश शाक्यलाई फिर्ता बोलाएर अर्का सहसचिव नरेन्द्रकुमार रानालाई धितोपत्र बोर्डको जिम्मेवारी दिइएको छ। बजेट निर्माणमा शाक्यको आवश्यकता भएकाले अर्थमन्त्रालयले उहाँलाई धितोपत्र बोर्डबाट फिर्ता बोलाएर अर्का सहसचिव रानालाई जिम्मा दिइएको अर्थ मन्त्रालयका प्रवक्ता उत्तर कुमार खत्रीले इक्विटीनेपाललाई जानकारी दिए। […]

लगातार तेस्रो दिन पनि बढ्यो नेप्से, ५ अर्ब बढी कारोबार

काठमाडौं । साताको तेस्रो दिन आइपुग्दा सेयर बजार दोहोरो अंकले बढेको छ । यो सँगै सेयर बजार लगातार तीन दिन बढेको हो । मंगलबार सेयर कारोबार नेप्से परिसूचक २३.९४ अंकले बढेर २ हजार १ सय १५.९४ अंकमा पुगेर बन्द भएको छ । आइतबार ४५. ६९ र सोमबार २७.५४ अंकले बढेर बन्द भएको थियो । मंगलबार […]