प्रधानमन्त्री ओलीसँग रुसी महिला भलिबल टोलीको भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग रुसी महिला भलिबल टोलीले भेट गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज रुसको महिला भलिबल टोलीसँगको भेटका क्रममा प्रधानमन्त्रीले ओलीले दुई देशबीच सोभियत सङ्घ हुँदादेखि नै रुसबाट नेपालले शिक्षा, यातायात आदि क्षेत्रमा सहयोग पाउँदै आएको उल्लेख गर्दै खेलका लागि रुस एक प्रकारको बादशाह नै भएको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले […]

सम्झनाको अर्धशतकमा एशिया कपमा नेपालको ऐतिहासिक जीत

काठमाडौं । सम्झना खड्काको अर्धशतकमा नेपालले महिला एशिया कप टी–२० क्रिक्रेटमा ऐतिहासिक जीत हासिल गरेको छ। एशिया कप क्रिक्रेटमा नेपालको यो पहिलो जीत हो। टस जितेर फिल्डिङ रोजेको नेपालले ११६ रनको लक्ष्य १६.१ ओभरमा ४ विकेटको क्षतिमा पुरा गरेको हो। पहिला ब्याटिङ गरेको यूएईका लागि खुशी शर्माले सर्वाधिक ३६ रन बनाइन्। यूएईलाई कम योगफलमा रोक्न […]

अमेरिकामा टी–२० विश्व कप आयोजना गर्दा आईसीसीलाई ठूलो आर्थिक क्षति

काठमाडौं । भर्खरै सम्पन्न आईसीसी टी–२० विश्वकप २०२४ धेरै कारणले ऐतिहासिक रहन पुग्यो। क्रिक्रेटको इतिहासमा पहिलो पटक २४ राष्ट्र सहभागी हुनुका साथै प्रतियोगिताको सहआयोजकको रुपमा अमेरिका रहेको थियो। आईसीसीले अमेरिकी बजारमा पनि क्रिकेटलाई विकास गर्ने प्रसाय गरिरहेको छ। त्यसको प्रमुख कदमको रुपमा २० विश्वकप अमेरिकामा आयोजना गर्नु रहेको छ। टी–२० विश्वकप २०२४ आईसीसीले अमेरिकामा आयोजना गरेको […]

केपी सरकारको पहिलो निर्णयः टियू क्रिकेट रंगशालामा प्याराफिट र फ्लडलाइट निर्माण गरिने

काठमाडौं । केपी शर्मा ओलीको सरकारले टियू क्रिकेट रंगशालामा प्याराफिट र फ्लडलाइट निर्माण गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री ओलीले आफ्नो सामाजिक सञ्जालमा मन्त्रिपरिषद्को पहिलो निर्णय भन्दै यस्तो जानकारी दिएका हुन्। सोमबारको मन्त्रिपरिषद्ले कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने, जसमा दर्शक बस्नको लागि प्याराफिट, रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्ने लगायत आवश्यक संरचना बनाउने निर्णय गरेको छ। […]

कोपा अमेरिकामा क्यानडाको पहिलो जित

कोपा अमेरिका २०२४ मा क्यानडाले  पेरुलाई १-० ले पराजित गरेको छ ।पहिलो पटक कोपा अमेरिका फुटबलमा सहभागी भएको क्यानडाको यो पहिलो जित हो । यसअघि पहिलो खेलमा क्यानडा साविक विजेता अर्जेन्टिनासँग पराजित भएको थियो । कान्सास सिटीमा भएको खेलमा क्यानडालाई जित दिलाउन जोनाथन डेभिडले ७४औं मिनेटमा एक गोल गरे । त्यसअघि ५९औं मिनेटमा मिगुएल अराउजोले […]

टी–२० विश्वकपः अष्ट्रेलिया माथि अफगानिस्तानको शानदार

काठमाडौं ।अफगानिस्तानले अष्ट्रेलिया माथि शानदार जित हासिल गरेको छ। टी–२० विश्वकप अन्तर्गतको सुपर एटमा अफगानिस्तानले अस्ट्रेलिय माथि २१ रनको ऐतिहासिक जित हासिल गरेको छ। क्रिकेटको कुनै पनि संकरणमा अफगानिस्तानको अस्ट्रेलिया माथिको यो पहिलो जित हो। यो जितसँग अफगानिस्तानले सेमिफाइनलमा पुग्ने सम्भावना कायम राखेको छ । अफगानिस्तानको जित पछि सुपर एट समूह १ बाट सेमिफाइनल पुग्ने […]

युरो २०२४ः चेक र जर्जियाले अंक बाँडे

काठमाडौं । युरो कप २०२४ मा जर्जिया र चेक रिपब्लिकले अंक बाँडेका छन्। जर्जिया र चेकले समूह एफ अन्तर्गतको दोस्रो खेलमा १÷१ को बराबरी खेलेका हुन्। जर्जेस मिकाउटाडजेको पेनाल्टी गोल मार्फत जर्जियाले पहिलो हाफमा अग्रता लिएको थियो। चेकका लागि प्याट्रिक स्किकले ५९ औं मिनेटमा बराबरी गोल गरे। खेलको बाँकी समयमा थप गोल हुन सकेन। यस […]

टी–२० विश्वकपः वेस्ट इन्डिजको अमेरिका माथि रवाफिलो जित

काठमाडौं । टी–२० विश्वकपमा आयोजक राष्ट्रको भिडन्तमा वेस्ट इन्डिज अमेरिका माथि रवाफिलो जित हासिल गरेको छ। अमेरिकाले प्रस्तुत गरेको १३१ रनको लक्ष्य वेस्ट इन्डिजले १०.५ ओभरमा एक विकेटको क्षतिमा भेटायो। अमेरिकाका लागि एन्ड्रिज गौस २९ र नितिस कुमारले २० रनको योगदान दिएका थिए। वेस्ट इन्डिजका लागि आन्द्रे रसेल र रोस्टन चेसले समान ३/३ विकेट लिए। […]

टी–२० विश्वकपः डीएलएसका आधारमा अस्ट्रेलियासँग बंगलादेश पराजित

काठमाडौं । टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर एटको खेलमा अस्ट्रेलियासँग बंगलादेशलाई २८ रनले पराजित भएको छ। वर्षाका कारण खेल अवरुद्ध भएपछि डकवर्थ एन्ड लुइस (डीएलएस) पद्धतिका आधारमा अस्ट्रेलिया विजयी भएको हो। टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १४० रनको योगफल बनाएको थियो। १४१ रनको विजयी लक्ष्य पछ्याएर अस्ट्रेलियाले ब्याटिङ गरिरहँदा […]

युरो २०२४ः इटाली स्पेनसँग पराजित, इङ्गल्यान्डले डेनमार्कसँग अंक बाँड्यो

काठमाडौं । स्पेनले इटालीलाई पराजित गरेको छ। इटालियन डिफेन्डर रिकार्डो कालाफियोरीको आत्मघाटी गोलमा स्पेन १–० ले विजयी भएको हो। लगातार दुई जितसँग स्पेन अन्तिम १६ मा पुगेको छ। अर्को खेलमा गत संस्करणको उपविजेता इङ्गल्यान्डले डेनमार्कसँग बराबरी खेलेको छ। इङ्गल्यान्डका लागि कप्तान ह्यारी केन र डेनमार्कका लागि क्यास्पर ह्युमलन्डले गोल गरे। सर्बिया र स्लोभेनियाले पनि एक/एक […]