अभिषेकको विस्फोटक ब्याटिङमा अफगानिस्तानमाथि भारतको सहज जित
काठमाडौं । अभिषेक शर्माको विस्फोटक ब्याटिङमा भारतले अफगानिस्तानलाई पहिलो टि ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा ७ विकेटले पराजित गरेको छ। अफगानिस्तानले दिएको १ सय ५७ रनको लक्ष्य भारतले १३.४ ओभरमै ३ विकेट गुमाएर पूरा गर्यो। भारतको जितमा अभिषेकले ३२ बलमा ८२ रनको आक्रामक इनिङ्स खेले। उनले समान ७ चौका र छक्काको वर्षा गर्दै अफगानिस्तानका बलरमाथि दबाब बनाए। […]

