Global College

सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी एनपिएलको फाइनलमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोएल्सलाई ६ विकेटले पराजित गरेको छ। सुदूरपश्चिमले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६.४ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०५ रन बनाएको थियो। जवाफमा लुम्बिनीले २० बल बाँकी छँदै १०८ रन जोडेर जित हात पार्‍यो।

लुम्बिनीले लक्ष्य पछ्याउने क्रममा १६.४ ओभरमा ४ विकेट गुमाएर १०८ रन बनाएको स्कोरबोर्डमा देखिएको छ। यससँगै साविक विजेता लुम्बिनीले सुदूरपश्चिममाथि सहज जित निकालेको हो।

सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय इनिङ्स खेल्दै ५२ रन बनाएका थिए। उनले ५१ बलमा ३ चौका र १ छक्का प्रहार गरेका थिए। इशान पाण्डेले २७ रन बनाए पनि अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन्। त्यसका कारण सुदूरपश्चिम १०५ रनमै सीमित भएको थियो।

लुम्बिनीका लागि रुबेन ट्रम्पलम्यानले ४ ओभरमा १२ रन खर्चेर २ विकेट लिएका थिए। शेर मल्लले पनि २ विकेट हात पारे भने अभिशेष गौतम र किशोर महतोले १–१ विकेट लिएका थिए।

१०६ रनको सामान्य लक्ष्य पाएको लुम्बिनीले संयमित ब्याटिङ गर्दै खेल आफ्नो पक्षमा पार्‍यो। सुदूरपश्चिमले बलिङमा लुम्बिनीलाई रोक्न नसक्दा पराजय बेहोर्नुपरेको छ।

NECO

Leave Your Comment

Related News