विस्फोटक ब्याटिङमा ओमानलाई नेपालले दियो २६४ रनको लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले २६४ रनको लक्ष्य दिएको छ । अल अमिरातमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २६३ रन बनाएको हो । नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतकीय इनिङ्स खेले । उनले ६७ बलमा ६१ रन बनाए । त्यस्तै, करण केसीले […]

विश्वक क्रिकेट लिग टुमा नेपालले आज ओमानसँग खेल्दै

काठमाडौं । ओमानमा चलिरहेको आईसीसी विश्वकप क्रिकेट लिग–२ शृङ्खला अन्तर्गत त्रिदेशीय एकदिवसीय खेलमा नेपालले आज घरेलु टोली ओमानसँग खेल्दैछ । यो खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे अलअमिरातमा शुरु हुनेछ । ओमानमा आइतबार भएको खेलमा क्यानडालाई २४ रनले हराउँदै नेपालले सुखद शुरुआत गरेको थियो । शीर्ष–४ बाट बाहिरिइसकेको नेपालका लागि एकदिवसीय मान्यता जोगाउन शीर्ष–६ […]

म्यानचेस्टर सिटीको शतप्रतिशत नतिजा, लिभरपुलमाथि सानदार जित

काठमाडौं । रायन ग्राभेनबर्चले रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित बनेको लिभरपुललाई म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा ३–० ले पराजित गरेको छ। लिभरपुलको मैदान एनफिल्डमा सिटीलाई जित दिलाउन एर्लिङ हालान्ड, जेरेमी डोकु र रयान चेर्कीले गोल गरे। पहिलो हाफमा लिभरपुलको दबाब सामना गरेको सिटीले दोस्रो हाफमा तीन गोल गरेको हो। खेलको ६५औँ मिनेटमा हालान्डले गोल […]

क्यानडालाई हराउँदै विश्वकप लिग-२ मा नेपालको विजयी शुरुवात

काठमाडौं । ओमानमा जारी आइसीसी विश्वकप लिग- २ अन्तर्गतको सिरिजमा नेपालले विजयी शुरुवात गरेको छ। नेपालले आइतबार सम्पन्न खेलमा क्यानडालाई २४ रनले पराजित गर्दै सिरिजमा विजयी शुरुवात गरेको हो। नेपालले दिएको २३६ रनको लक्ष्य पछाएको क्यानडाले ४८.४ ओभरमा अल आउट हुदै २११ रन बनाएको थियो। क्यानडाका लागि एरोन जोनसनले सर्बाधिक ४४ रन बनाए भने समित […]

रोहितको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको लक्ष्य

काठमाडौं ।  रोहितकुमार पौडेलको शतकमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा क्यानडासामु २३६ रनको लक्ष्य प्रस्तुत गरेको छ । आइतबार ओमानको अल अमिरेट्स क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन बनाएको हो । नेपालका रोहितले सर्वाधिक १०१ रनको योगदान गरे । उनले १२७ […]

एकदिवसिय जोगाउने महत्वपूर्ण सिरिज : नेपाल र क्यानडा भिड्दै

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा नेपालले आज क्यानडासँग खेल्दैछ । यो खेल ओमानको अलअमिरातमा नेपाली समयअनुसार मध्यान्ह पौने १२ बजेदेखि शुरु हुनेछ । नेपालले शृंखलामा क्यानडा र ओमानसँग गरी समान दुई÷दुई खेल खेल्नेछ । यसमध्ये तीन खेलमा जित निकाल्न सकेमा नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता सुरक्षित रहन सक्छ । चारमध्ये कम्तीमा तीन खेल जिते […]

चेल्सीको फराकिलो जित, हेन्डरसन र पेड्रोको २ गाेल

काठमाडौं । जोर्डन हेन्डरसन र जोआओ पेड्रोको समान २ गोलको मद्दतमा चेल्सीले इंग्लिस प्रिमियर लिगमा बर्नमाउथलाई ५-१ ले पराजित गरेको छ। स्टामफोर्ड ब्रिजमा शनिबार भएको खेलमा चेल्सीले सुरुवाती तीन मिनेटभित्रै दुई गोल गर्दै बलियो पकड बनाएको थियो। हेन्डरसनले दोस्रो मिनेटमै गोल गर्दै चेल्सीलाई अग्रता दिलाए। त्यसको केही समयपछि मोर्गन रोजर्सले गोल थपे। दोस्रो हाफमा पेड्रोले […]

पोर्चुगलका कप्तान रोनाल्डो निलम्बित

काठमाडौं। पोर्चुगिज फुटबल महासंघ (एफपीएफ) ले क्रिस्टियानो रोनाल्डोलाई अस्थायी रूपमा निलम्बन गर्दै उनीमाथि अनुशासनात्मक अनुसन्धान सुरु गरेको छ। महासंघले सन् २०२६ अक्टोबर ९ मा अनुशासनात्मक प्रक्रिया अघि बढाउने निर्णय गरेको हो। महासंघले शनिबार दिउँसो सार्वजनिक गरेको वक्तव्यअनुसार अक्टोबर ७ मा भएका घटनाको अनुशासनात्मक प्रभावबारे छानबिन गरिनेछ। अनुसन्धान पूरा नभएसम्म यस विषयमा सार्वजनिक जानकारी दिन रोक […]

एन्फाका अध्यक्ष र महासचिवविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई पक्राउ गर्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत ललितपुरले दुवै जनालाइ पक्राउ गर्ने आदेश दिएको स्रेस्तेदार भेषराज कोइरालाले जानकारी दिए । जिल्ला न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले आदेश दिएको हो ।

एनपिएललाई आइसिसी मान्यताको प्रतीक्षा, स्वीकृति आएपछि विदेशी स्टार खेलाडी भित्र्याउन सहज

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को तयारीमा जुटेको छ । एनपिएलको मिति नजिकिएसँगै क्यान अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट अन्तरराष्ट्रिय मान्यता पाउने आशामा पनि छ ।त्यसका लागि आइसिसीले माग गरेका आवश्यक कागजातसमेत क्यानले पठाइसकेको छ । अब क्यान आइसिसीको औपचारिक निर्णयको पर्खाइमा रहेको सचिव पारस खड्काले जानकारी […]