एसीसी मेन्स प्रिमियर कप: साउदी अरेबियालाई ५ विकटले हराउँदै नेपाल सेमिफाइनलमा
काठमाडौं । एसीसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको खेलमा साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ। मलेसियाको बायुमास ओभलमा साउदी अरेबियाले जितका लागि दिएको १९१ रनको लक्ष्य नेपालले ४१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा गुलशन झाले आक्रामक ब्याटिङ गर्दै अविजित ४४ रन (३५ बल, ३ चौका, […]

