अन्तिम समयको गोलले हारबाट जोगियो म्यानचेस्टर युनाइटेड

काठमाडौं । अन्तिम समयको गोलले म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा फुलहमलाई १–१ को बराबरीमा रोकेको छ । आइतबार राति सम्पन्न खेलमा पाहुना टोली युनाइटेडका लागि म्याथ्युज कुन्हाले गोल गर्दा फुलहमलाई आत्मघाती उपहारस्वरुप प्राप्त गरेको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६३ औँ मिनेटमा लिसान्द्रो मार्टिनेजबाट आत्मघाती गोल हुन पुग्दा फुलहमले अग्रता लिएको थियो […]

आर्सनलमाथि ब्राइटनको सानदार जित

काठमाडौं । ब्राइटन एन्ड होभ एल्बियनले प्रिमियर लिगको साविक विजेता आर्सनल माथि सानदार जित निकालेको छ । शनिबार भएको खेलमा ब्राइन ३–० ले विजयी भउको हो । आर्सनलको जारी सिजनमा शतप्रतिशत विजयमा समेत पूर्णविराम लागेको छ । अमेरिकन एक्सप्रेस स्टेडियममा घरेलु टोलीले आर्सनललाई खेलभर दबाबमा राख्दै प्रभावशाली जित निकालेको हो । आर्सनलले सिजनको सुरुवाती ४ […]

एनपीएलको खेल तालिका सार्वजनिक, उद्घाटनमा सुदुरपश्चिम र लुम्बिनी भिड्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । तालिकाअनुसार कातिक ९ गते सोमबारदेखि प्रतियोगिता शुरु हुनेछ। प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । कातिक १० गते  मंगलबार दुई खेल हुनेछन् । पहिलो खेलमा विराटनगर किंग्सले चितवन राइनोजसँग खेल्दा दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर […]

श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट एनपीएल खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि श्रीलंकन कप्तान चरिथ असलंकालाई अनुबन्ध गरेको छ । ब्याटिङ अलराउन्ड उनी सन् २०२१ देखि श्रीलंकान टोलीको नियमित सदस्य  छन् । असलंकाले सन् २०२१ मा इंग्ल्यान्डविरुद्ध एकदिवसीय तथा भारतविरुद्ध टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए ।टी–२० अन्तर्राष्ट्रियमा असलंकाले हालसम्म ७७ खेलमा १ हजार ४६६ […]

विश्व प्रसिद्ध अस्ट्रेलियाली ब्याटर डेभिड वार्नर काठमाडौँ गोर्खाजमा अनुबन्धित

काठमाडौं । नेपाल प्रिमियर लिग  को टोली काठमाडौँ गोर्खाजले अस्ट्रेलियाका दिग्गज पूर्वओपनर डेभिड वार्नरलाई टोलीमा अनुबन्धित गरेको छ। काठमाडौँ गोर्खाजले आफ्ना आधिकारिक सामाजिक सञ्जालमार्फत अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित ब्याटर वार्नरलाई टोलीमा भित्र्याएको औपचारिक घोषणा गरेको हो। अस्ट्रेलियालाई दुई पटक आईसीसी पुरुष विश्वकप र टी-२० विश्वकपको उपाधि दिलाउन मुख्य भूमिका खेलेका वार्नर एनपीएल खेल्ने हालसम्मकै सबैभन्दा ठूला […]

लामिने यमालको दाबी: बलोन डि’ओरको हकदार म नै हुँ, तर मुख्य प्रतिस्पर्धी एमबाप्पे हुन्

काठमाडौं । ला लिगा र विश्वकप विजेता स्पेनिस युवा स्टार लामिन यमालले यस वर्षको प्रतिष्ठित बलोन डि’ओर  अवार्ड आफूले जित्नुपर्ने दाबी गरेका छन्। बार्सिलोनालाई ला लिगा उपाधि दिलाउनुका साथै अमेरिकामा आयोजित विश्वकपमा स्पेनलाई च्याम्पियन बनाउन मुख्य भूमिका खेलेका १८ वर्षीय यमालले स्पेनिस स्ट्रिमिङ प्लेटफर्म मुभिस्टारसँग कुरा गर्दै आफू र रियल म्याड्रिडका फ्रान्सेली स्ट्राइकर किलियन एमबाप्पे […]

अभिषेकको विस्फोटक ब्याटिङमा अफगानिस्तानमाथि भारतको सहज जित

काठमाडौं । अभिषेक शर्माको विस्फोटक ब्याटिङमा भारतले अफगानिस्तानलाई पहिलो टि ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा ७ विकेटले पराजित गरेको छ। अफगानिस्तानले दिएको १ सय ५७ रनको लक्ष्य भारतले १३.४ ओभरमै ३ विकेट गुमाएर पूरा गर्‍यो। भारतको जितमा अभिषेकले ३२ बलमा ८२ रनको आक्रामक इनिङ्स खेले। उनले समान ७ चौका र छक्काको वर्षा गर्दै अफगानिस्तानका बलरमाथि दबाब बनाए। […]

एसिसी प्रिमियर कप फाइनलः नेपाल र युएई मैदानमा

काठमाडौं । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा अहिले नेपाल र युनाइटेड अरब इमिरेट्स (युएई) भिडिरहेका छन् । नेपाल र युएईबीचको फाइनल खेल मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा बिहान ७ः१५ बजे सुरु भएको हो । दुवै टोली दोस्रोपटक एसिसी प्रिमियर कपको उपाधि जित्ने लक्ष्यमा छन् । नेपालले सन् २०२३ मा भएको पहिलो संस्करणमा […]

बाढीपीडितको सहयोगका लागि एएस रोमाको विशेष पहल, हिजोको च्याम्पियन्स लिग खेलमा लगाइयो विशेष जर्सी

काठमाडौं । इटालीको प्रसिद्ध फुटबल क्लब एएस रोमाका खेलाडीहरूले हिजो सम्पन्न युइएफए च्याम्पियन्स लिगको खेलमा नेपालका बाढीपीडितहरूप्रति सहानुभूति जनाउँदै विशेष जर्सी लगाएर मैदान उत्रिएका छन्। इस्तानबुलमा फेनेर्बाचविरुद्ध भएको उक्त प्रतिस्पर्धात्मक खेल १-१ गोलको बराबरीमा सकिएको थियो, जसमा रोमाका लागि ब्रायन क्रिस्टान्टेले गोल गरेका थिए। नेपालमा बाढी र पहिरोले पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गर्दै क्लबले यो […]

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गरेका छन् । शिक्षा तथा खेलकुद मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री पोखरेलले नेपाली टोलीलाई शुभकामनासहित बिदाइ गरेका हुन् । बिदाइ कार्यक्रममा मन्त्री पोखरेलले अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको प्रतिनिधित्व गर्नु आफैँमा गौरवको विषय भएको बताउँदै […]