एनबीएफए र मित्रश्री पाठशाला फाइनलमा
काठमाडौं । एनबीएफए र मित्रश्री पाठशाला पाँचौं भ्याली पब्लिक अन्तरविद्यालय फुटसल प्रतियोगिताको यु–१२ ब्वाइजमा सोमबार फाइनलमा प्रवेश गरेका छन् । बूढानीलकण्ठ नगरपालिकाको भंगालस्थित आयोजक भ्याली पब्लिकमा भएको सेमिफाइनलमा एनबीएफएले डाफोडिललाई २–१ गोलले पराजित गर्यो । एनबीएफएका आरुष दाहालले २ गोल गरे । डाफोडिलका जेभिसले सान्त्वना गोल गरे । अर्को सेमिफाइनलमा मित्रश्रीले ब्रम्हकुञ्जलाई ३–२ गोलले हरायो […]

