काठमाडौं । निरन्तरको वर्षापछि त्रिवि क्रिकेट मैदान जलमग्न बनेको छ ।
नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुने तालिका छ । तालिका अनुसारको अहिले १२ः३० बजे लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनुपर्ने थियो ।
तर, वर्षा नरोकिएको, मैदान र प्यारापिटमा पनि पानी जम्मा भएकाले खेल हुने सम्भावना न्यून देखिन्छ । अहिले मैदानलाई त्रिपालले ढाकिएको छ ।
दोस्रो खेलमा बेलुका ५ बजे विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्स भिड्ने तालिका छ । यो खेल समेत रद्द हुने सम्भावना छ ।
यसैबीच, नेपाल क्रिकेट संघ (क्यान)का कोषाध्यक्ष पदमबहादुर खड्काले वर्षापछि त्रिवि क्रिकेट मैदान जलमग्न भएको बताए । ड्काले खेल हुन नसके टिकटको व्यवस्थापनबारे छलफल भइरहेको बताएका छन् ।




