विश्वकपको उपाधिका लागि स्पेन र अर्जेन्टिना भिड्ने

काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ उपाधिका लागि स्पेनसँग भिड्ने भएको छ । अमेरिकाको एटलान्टामा भएको दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई २-१ ले पराजित गर्लै अर्जेन्टिनाले स्पेनसँग उपाधि भेट पक्का गरेको हो । एन्जो फर्नान्डेज र लाउटारो मार्टिनेजले गोल गरेपछि अर्जेन्टिनाले एक गोलले पछि परेको स्थिती उल्टाउँदै इंग्ल्यान्डलाई हराएको हो । विश्वकपमा सातौं पटक सेमिफाइनलमा […]

विश्वकप फुटबल : इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना फाइनलमा

काठमाडौं । लाउटारो मार्टिनेजले दोस्रो हाफको इन्जुरी टाइममा निर्णायक गोल गरेपछि इंग्ल्यान्डमाथि २–१ को पुनरागमन जित निकाल्दै साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ । एटलान्टा स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले एक गोलले पछि परेको स्थिती उल्टाउँदै अन्तिम समयमा दुई गोल गर्दै लगातार दोस्रोपटक फाइनलमा स्थान बनाएको हो । अर्जेन्टिनाका लागि एन्जो […]

सरकारद्वारा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गर्ने

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने नेपाली खेलाडी तथा खेलाडी टोलीलाई नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मङ्गलवार बसेको बैठकले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल गरेका खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कार तथा सम्मान–पत्र प्रदान गर्ने निर्णय गरेको हो । शिक्षा तथा खेलकुद मन्त्रालयले खेलाडीको सम्मान र प्रोत्साहनका […]

विश्वकप सेमिफाइनलमा इंग्ल्यान्ड र अर्जेन्टिना भिड्दै, यस्तो छ खेलमैदानभित्रको दुश्मनी र मैदानबाहिरको इतिहास

काठमाडौं । विश्वकप २०२६ को सेमिफाइनलमा इंग्ल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै गर्दा यी दुई देशबीचको ऐतिहासिक र खेलकुद इतिहासकै सबैभन्दा कट्टर प्रतिद्वन्द्विताको चर्चा पुनः चुलिएको छ। फुटबलको मैदानमा मात्र सीमित नरही राजनीतिक तनाव र ऐतिहासिक घटनाक्रमका कारण पनि यो खेल निकै भावनात्मक बन्ने गर्छ। फुटबल मैदानमा इंग्ल्यान्ड र अर्जेन्टिनाबीचको प्रतिस्पर्धा यति धेरै आक्रामक र भावनात्मक […]

इंग्ल्यान्ड भ्रमणमा भारतको यो पहिलो जित, पहिलाे एकदिवसिय खेलमा ६ विकेटले विजयी

काठमाडौं । कप्तान शुभमन गिलको अविजित ८० रन र अक्षर पटेलको अलराउन्ड प्रदर्शनको मद्दतमा भारतले इंग्ल्यान्डलाई पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मा ६ विकेटले पराजित गरेको छ । यसपटकको इंग्ल्यान्ड भ्रमणमा भारतको यो पहिलो जित हो। इड्गबास्टनमा भएको खेलमा इंग्ल्यान्डले दिएको २ सय ५९ रनको लक्ष्य भारतले ४५.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। भारतको जितमा […]

फ्रान्सलाई स्तब्ध पार्दै स्पेन १६ वर्षपछि फाइनलमा

काठमाडौं । फ्रान्सलाई स्तब्ध पार्दै स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनलमा फ्रान्सलाई २–० ले स्तब्ध पार्दै स्पेन १६ वर्षपछि फाइनलमा प्रवेश गरेको हो । स्पेनको जितमा पेड्रो पोरो र मिकेल ओयार्जाबलले एकएक गोल गरे । २२औं मिनेटमा पेनाल्टी गोलमार्फत स्पेनले पहिलो अग्रता लिएको थियो […]

फिफा विश्वकप २०२६: पहिलो सेमिफाइनलमा स्पेन र फ्रान्स भिड्दै

काठमाडौं । फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनल खेलमा दुई युरोपेली फुटबल टिम स्पेन र फ्रान्स फाइनल प्रवेशका लागि आमनेसामने हुँदैछन्। अमेरिकाको टेक्सासस्थित प्रसिद्ध डल्लास स्टेडियम  मा हुने यो खेल नेपाली समय अनुसार बुधबार बिहान १२:४५ बजे सुरु हुनेछ।  

फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनल : यामालको शतप्रतिशत रेकर्ड कि एम्बाप्पेको बदला ?

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनल खेलमा जुलाई १५ मा नेपाली समय अनुसार बिहान १२:४५ बजे अमेरिकाको डालसस्थित ‘डलास स्टेडियम’ मा दुई शक्तिशाली टोली स्पेन र फ्रान्स आमनेसामने हुँदैछन्। यो खेल मात्र दुई राष्ट्रको भिडन्त नभएर वर्तमान विश्व फुटबलका दुई सुपरस्टारहरु— फ्रान्सका कप्तान किलियन एम्बाप्पे र  स्पेनका युवा विङ्गर लामिन यामाल  बीचको […]

विश्वकपको सेमिफाइनल: फ्रान्स र स्पेन तथा अर्जेन्टिना र इङ्गल्याण्ड,गोल्डेन बुटमा मेसी र एम्बाप्पेको कडा टक्कर

काठमाडौं । जारी फिफा विश्वकप २०२६ अब अन्तिम चरणमा प्रवेश गरेको छ। क्वाटरफाइनलका खेलहरू समाप्त भएसँगै यस पटक विश्वकपको उपाधि दौडमा रहने अन्तिम चार टोलीहरुको टुङ्गो लागेको हो। साविक विजेता अर्जेन्टिनासहित फ्रान्स, स्पेन र इङ्गल्याण्डले आ–आफ्नो खेल जित्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन्। क्वाटरफाइनल खेलहरुमा टोलीहरुबीच निकै कडा प्रतिस्पर्धा देखिएको थियो। फ्रान्सले मोरक्कोको २-० ले […]

विश्वक फुटबल : अर्जेन्टिना सेमिफाइनमा, स्विट्जरल्यान्डको यात्रा समाप्त 

काठमाडौं । फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनलमा जित निकाल्दै अर्जेन्टिना अन्तिम ४ मा पुगेको छ । अतिरिक्त समयमा स्विट्जरल्यान्डलाई ३–१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेमिफाइनमा पुगेको हो । अर्जेन्टिनाका लागि एलेक्सिस म्याक एलिस्टर, जुलियन अल्भारेज र लौराटो मार्टिनेजले एक एक गोल गरे । डान एनडोयेले स्विट्जरल्यान्डका लागि गरेको गोल सान्वत्वना बन्न पुग्यो । […]