RE
Global College

साविक उपविजेता सुदूरपश्चिमको खराब सुरुवात, लुम्बिनीलाई जितका लागि ८८ रनको सहज लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को अघिल्ला दुवै संस्करणमा लगातार फाइनल पुगेको टोली सुदूरपश्चिम रोयल्सले तेस्रो सिजनमा निराशाजनक सुरुवात गर्दै आफ्नो पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्ससामु मात्र ८८ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले १७.२ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै ८७ रन मात्र बनाउन सक्यो। चौथो ओभरको पहिलो बलमा २४ रन जोड्दा पहिलो विकेटका रूपमा विनोद भण्डारी (९ रन) लाई गुमाएको सुदूरपश्चिमको त्यसपछि लगातार विकेट पतन भयो।

पाँचौँ ओभरमा किशोर महतोले आरिफ शेखलाई शून्य र ब्रान्डन म्याकमुलेनलाई २ रनमा आउट गरे भने पावरप्ले सकिनुअघि सैफ जैबलाई श्याड्ली भान श्काक्वीकले पेभिलियन फर्काए। त्यसपछि इसान पाण्डे (७ रन) तिलक भण्डारीको बलमा कप्तान रोहित पौडेलबाट क्याचआउट भए भने शेर मल्लले वेस्ट इन्डिजका शर्फेन रदरफोर्ड (१ रन) र स्कट कुगेलिनलाई आउट गर्दै सुदूरपश्चिमलाई १० ओभरमा ५८/७ को दयनीय अवस्थामा पुर्याए। टोलीका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए पनि १३औँ ओभरमा किशोर महतोले दीपेन्द्र र हेमन्त धामी (शून्य) लाई लगातार बलमा बोल्ड गर्दै इनिङ्स ध्वस्त पारे। लुम्बिनीका लागि किशोर महतोले ४ र शेर मल्लले ३ विकेट हात पारे भने श्याड्ली भान श्काक्वीक, रोहित पौडेल र तिलक भण्डारीले १-१ विकेट लिए।

NECO

Leave Your Comment

Related News