काठमाडौं । चाडपर्वहरूको हर्षोल्लासका बीच नेपाली क्रिकेटको महाकुम्भ मानिने नेपाल प्रिमियर लिग (NPL) को तेस्रो संस्करण आजदेखि औपचारिक रूपमा सुरु हुँदैछ। यसै अवसरमा मन्त्री सुनील लामिछानेले प्रतियोगिताको सफलताका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन्।
देशभर क्रिकेट खेलको पहुँच विस्तार गर्न र ‘होम एन्ड अवे’ आधारमा खेलहरू सञ्चालन गर्ने उद्देश्यसहित पूर्वाधार विकास मन्त्रालयले देशका आठ प्रमुख सहरहरूमा फ्लडलाइटसहित कम्तीमा ८ हजार दर्शक क्षमताका क्रिकेट रंगशाला निर्माणको प्रक्रिया अघि बढाएको मन्त्री लम्सालले जानकारी दिएका छन्। आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित अघि बढाइएको यो योजनाले एनपीएललाई देशभर विस्तार गर्न र नेपाली क्रिकेटको दीर्घकालीन विकासमा नयाँ आयाम थप्ने विश्वास उनले व्यक्त गरेका छन्।
साथै, सोही अनुरुप आवश्यक सम्पूर्ण तयारीहरू तिब्रताका साथ अघि बढाउन मन्त्री लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) लाई समेत आग्रह गरेका छन्।




