Global College

एनपीएलमा आज काठमाडौं र कर्णाली तथा सुदूरपश्चिम र चितवन भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछ। आजको पहिलो खेलमा काठमाडौँ गोर्खाज र कर्णाली याक्स तथा दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै छन्।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेल दिउँसो १२ः३० बजे काठमाडौँ गोर्खाज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ। त्यस्तै, दोस्रो खेलमा साँझ ५ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोज आमनेसामने हुनेछन्। पहिलो खेलमा काठमाडौँ जितबिहीन छ। दोस्रो खेल खेल्न लागेको काठमाडौँ पहिलो जितको खोजीमा रहने छ।

उता, कर्णाली याक्सले भने अहिलेसम्म दुई खेलमा विजयी भएर चार अङ्क जोडिसकेको छ। कर्णाली तेस्रो जितका लागि मैदानमा उत्रिँदै छ। आजै साँझ ५ बजे हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज आमनेसामने हुनेछन्। हालसम्म सुदूरपश्चिम रोयल्सले तीन खेल खेलिसक्दा एक खेलमामात्र जित निकालेको छ। दुई खेलमा पराजित सुदूरपश्चिम चौथो खेलमा जित्नै पर्ने दबाबमा छ।

त्यस्तै चितवन राइनोजले दुई खेल खेलिसक्दा अपराजित छ। एक जित निकालेको चितवनले एक खेलमा वर्षाका कारण अङ्क बाँडेको छ।

NECO

Leave Your Comment

Related News