Global College

एनपीएल फाइनल : सुदूरपश्चिम र लुम्बिनी भिड्दै, इतिहास र बदलाले थप रोमाञ्चक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको उपाधि भिडन्त आज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज साँझ ५ः०० बजे हुने फाइनलमा साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स उपाधिका लागि भिड्दै छन् ।

प्रतियोगिताको लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्दै ७ खेलबाट ११ अंक जोडेर शीर्ष स्थानमा रहेर पहिलो क्वालिफायर खेलेको लुम्बिनी सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै सिधै फाइनलमा पुगेको थियो । कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी लगातार दोस्रो पटक उपाधि उचाल्दै आफ्नो साख जोगाउने दाउमा छ। यसअघि गत संस्करणको फाइनलमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई नै हराएर उपाधि जितेको इतिहास छ।

उता, लिग चरणमा १० अंकसहित दोस्रो स्थानमा रहेको सुदूरपश्चिम रोयल्स पहिलो क्वालिफायरमा लुम्बिनीसँग पराजित भए पनि दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई हराउँदै लगातार तेस्रो पटक फाइनलमा पुग्न सफल भएको हो। कप्तान दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम गत दुई संस्करणको फाइनल हारको तीतो अनुभवलाई बिर्संदै यसपटक पहिलोपटक ट्रफी उचाल्ने र लुम्बिनीसँग गत हारको बदला लिने सुवर्ण अवसरमा छ ।

NECO

Leave Your Comment

Related News