नेपाली महिला यु-१९ क्रिकेट टोलीको बन्द प्रशिक्षण भैरहवामा

रूपन्देही । आगामी आईसीसी महिला यू-१९ विश्वकप क्रिकेट तथा एसिया कपको तयारीका लागि रुपन्देहीको भैरहवामा सञ्चालन गरिएको नेपाली महिला यु-१९ राष्ट्रिय क्रिकेट टोलीको दोस्रो चरणको बन्द प्रशिक्षण आइतबार सम्पन्न भएको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा गत असोज २० गतेदेखि सुरु भएको १३ दिने बन्द प्रशिक्षण आयोजना गरिएको थियो । प्रशिक्षणमा नेपालका सातै प्रदेशबाट छनोट […]

वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने

काठमाडौं । वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेलले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् । विराटनगरले सामाजिक सञ्जालमार्फत रसेललाई अनुबन्ध गरेको जानकारी गराएको हो । विश्वकपका दर्जन बढी लिग खेलिसकेका रसेलले वेष्ट इन्डिजबाट १४३ खेल खेलिसकेका छन् । उनले ८६ टी–२०आई खेलमा एक हजार १२२ रन र ६१ विकेट लिएका छन् । विश्व […]

वर्षाका कारण भारत र वेस्ट इन्डिजको अन्तिम खेल रद्द, सिरिजमा बराबरी

काठमाडौं । भारत र वेस्ट इन्डिजबीचको टि ट्वान्टी सिरिजको निर्णायक खेल वर्षाका कारण रद्द भएको छ।  बेंगलुरुमा ९ ओभरमा छोट्याइएको खेलमा भारतले ७.४ ओभरमा ५ विकेट गुमाएर १ सय १८ रन बनाउँदा वर्षा भएपछि खेल पुनः सुरु हुन सकेन। यससँगै सिरिज २–२ को बराबरीमा सकिएको छ। लगातार वर्षाका कारण खेलको टस हुन साढे २ घण्टा […]

फुटबल खेलाडी विमलको सन्न्यास

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका पूर्व स्ट्राइकर विमल घर्ती मगरले खेल जीवनबाट सन्न्यासको घोषणा गरेका छन्।‌ उनले सामाजिक सञ्जालमार्फत आफ्नो फुटबल यात्रालाई  टुङ्गाएको घोषणा गरेका हुन्। `मेरो फुटबल यात्रा बुटवलबाट सुरु भएको थियो। बुटवल हुँदै काठमाडौं र त्यसपछि राष्ट्रिय टोलीसम्मको यात्रा निकै लामो र कठिन रह्यो। मैले देशका लागि जति पनि खेलेँ, मनैदेखि खेलेँ। आफ्नो सबै […]

विश्वकप लिग–२ : क्यानडासँग नेपाल पराजित, शीर्ष ६ मा रहनका लागि अन्तिम खेल जित्नै पर्ने 

काठमाडौं । ओमानमा जारी आइसिसी क्रिकेट विश्वकप लिग–२ श्रृङ्खलामा नेपाल पराजित भएको छ । नेपाल क्यानडासँग २४ रनले पराजित भएको हो । क्यानडाले दिएको २५७ रनको लक्ष्य पछ्याएको नेपाली टोली ४६ ओभरमा २३२ रनमा अलआउट भयो । नेपालका लागि ओपनर अर्जुन कुमालले सर्वाधिक ८७ रनको पारी खेले पछि टोलिको हार टार्न सकेनन् । त्यस्तै दिपेन्द्र […]

एनपिएलमा विदेशी खेलाडीका लागि नयाँ मापदण्ड, एनओसी अनिवार्य

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट मान्यता पाएसँगै नेपाल प्रिमियर लिग (एनपिएल) मा खेलाडीको योग्यता, भ्रष्टाचार नियन्त्रण र खेल सञ्चालनसम्बन्धी नियम कडा हुने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले आज कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजित पत्रकार सम्मेलनमा एनपिएल सञ्चालनका लागि आइसिसीको मापदण्डअनुसार आवश्यक व्यवस्था गरिने जानकारी दिएका हुन् […]

क्यानडाद्वारा नेपालसामु २५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । ओमानमा जारी आइसिसी क्रिकेट विश्वकप लिग–२ श्रृङ्खलामा क्यानडाले नेपाललाई २५७ रनको लक्ष्य दिएको छ । अलअमरात क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २५६ रन बनायो । उसका लागि ओपनर युवराज सम्राले शतकीय पारी खेले । उनले ११७ बलमा ११ चौका र चार छक्कासहित १०५ रनको […]

विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज क्यानडासँग खेल्दै

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज क्यानडासँग खेल्दैछ । यो खेल ओमानको अलअमिरातमा नेपाली समयअनुसार बिहान सवा ११ बजे शुरु हुनेछ । ओमानमा यसअघि आफ्ना दुई खेलमा लगातार जित निकालेको नेपालको ३४ खेलमा २८ अंक छ । अब शीर्ष–६ भित्र पर्न नेपालले बाँकी २ मध्य कम्तिमा एउटा जित्नुपर्नेछ । नेपालले अन्तिम खेल […]

कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने

काठमाडौं ।  नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतगणनाको सम्पूर्ण परिणाम आज बेलुकीसम्म सार्वजनिक हुने भएको छ । निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले आज बेलुकीसम्म सबै पदको मतपरिणाम आइसक्ने कांग्रेस मिडिया सेन्टरलाई जानकारी दिएका हुन्। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सभापति, उपसभापति र महामन्त्रीको मतगणना सम्पन्न भइसकेको छ । सहमहामन्त्री र केन्द्रीय […]

पिएसजीसँग सिटी पराजित

काठमाडौं । च्याम्पियन्स लिगको साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) ले म्यानचेस्टर सिटीलाई उसकै मैदानमा ४-२ ले पराजित गरेको छ।  एतिहाद स्टेडियममा पिएसजीले उत्कृष्ट प्रदर्शन गर्दै घरेलु टोलीलाई दबाबमा राखेको थियो। प्रिमियर लिगको आर्थिक नियम उल्लंघन गरेको ठहरपछि सिटी पहिलो पटक घरेलु मैदानमा खेलेको थियो। सिटीका पूर्व प्रशिक्षक पेप ग्वार्डिओला पनि आफ्नो पुरानो क्लबको खेल […]