कोहली र गिलको शतकमा वेस्ट इन्डिजमाथि भारतको सहज जित

काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेले पछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ८ विकेटको सहज जित निकालेको छ । तिरुवनन्तपुरममा वेस्ट इन्डिजले दिएको २९६ रनको लक्ष्य भारतले ४१.४ ओभरमा २ विकेट गुमाएर पूरा ग¥यो । भारतका लागि कोहली १ सय ३९ रनमा अविजित पारी खेले । त्यस्तै कप्तान […]

लास भेगासमा सम्पन्न मिस्टर ओलम्पिया २०२६ को उपाधि निक वाकरलाई

काठमाडौं । बडीबिल्डिङ जगतको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता ‘मिस्टर ओलम्पिया २०२६’को मुख्य विधा (मेन्स ओपन) को उपाधि अमेरिकी बडीबिल्डर निक वाकरले जितेका छन्। अमेरिकाको लास भेगासमा आयोजित कडा प्रतिस्पर्धाका बिच पूर्व विजेताहरू सामसन दाउदालाई दोस्रो र डेरेक लन्सफोर्डलाई तेस्रो स्थानमा सीमित गर्दै वाकरले पहिलोपटक बडीबिल्डिङको सर्वोच्च पुरस्कार मानिने ‘स्यान्डो ट्रफी’ र ६ लाख अमेरिकी डलर (करिब […]

एसियन गेम्स क्रिकेटः नेपालले जापानलाई दियो १५० रनको लक्ष्य

काठमाडौं । सन्दीप जोरा र लोकेश बमको अर्धशतक मद्दतमा नेपालले एसियन गेम्स पुरुष क्रिकेटअन्तर्गत जापानसँगको खेलमा बलियो योगफल बनाएको छ । वर्षाका कारण १५ ओभरमा झारिएको खेलमा नेपालले ४ विकेट गुमाएर १४९ रन बनाएको हो । नेपालका लागि जोराले ३२ बलमा ५७ तथा लोकेशले २२ बलमा ५२ रनमा अविजित रहे । आसिफ शेखले २१ रन […]

गुल्फ लुब्रिकेन्ट्स र जनकपुर बोल्ट्सबीच साझेदारी नवीकरण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि गुल्फ लुब्रिकेन्ट्स र जनकपुर बोल्ट्सबीचको साझेदारी नवीकरण भएको छ। नेपाल ल्युब आयल लिमिटेडले जनकपुर बोल्ट्ससँगको साझेदारीलाई निरन्तरता दिँदै गुल्फलाई टोलीको ‘अफिसियल लुब्रिकेन्ट पार्टनर’का रूपमा कायम राखेको हो। काठमाडौंको झम्सिखेलस्थित द प्लाजामा बिहीबार आयोजित कार्यक्रममा साझेदारी नवीकरणसँगै जनकपुर बोल्ट्सको पहिचान र रङमा तयार पारिएको ‘गुल्फ प्राइड […]

१४ वर्षपछि पुनः अफगानिस्तानविरुद्ध नेपालको ऐतिहासिक जित

काठमाडौं । एसियन गेम्स अन्तर्गत पुरुष टी-२० क्रिकेट प्रतियोगितामा नेपालले प्रतिद्वन्द्वी अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै ऐतिहासिक जित हासिल गरेको छ। सन् २०१४ को टी-२० विश्वकपपछि अफगानिस्तानविरुद्ध अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको यो पहिलो ऐतिहासिक जित हो। जापानको कोरोगी स्पोर्ट्स पार्कमा सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानलाई नेपाली स्पिनरहरूले धराशायी बनाउँदै निर्धारित २० ओभरमा १०२ […]

एसियन गेम्स क्रिकेट: अफगानिस्तानविरुद्ध नेपाललाई १०३ रनको सहज लक्ष्य

काठमाडौं । एसियन गेम्स अन्तर्गत पुरुष टी-२० क्रिकेट प्रतियोगितामा नेपाली बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै प्रतिद्वन्द्वी अफगानिस्तानलाई १०२ रनमै रोक्न सफल भएका छन्। नेपाली स्पिनरहरूको उत्कृष्ट बलिङ सामु अफगानिस्तानको ब्याटिङ लाइनअप धराशायी बन्न पुगेको हो। जापानको कोरोगी स्पोर्ट्स पार्कमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै १०२ रन […]

एशियन गेम्स टी-२०: अफगानिस्तानविरुद्ध नेपालले टस हारेर पहिला बलिङ गर्दै

काठमाडौं ।  बीसौँ एसियाली खेलकुद (एशियन गेम्स) अन्तर्गत पुरुष क्रिकेटको समूह ‘ए’ को खेलमा नेपालविरुद्ध अफगानिस्तानले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ। जापानको निसिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा हुने खेलमा टस जितेसँगै अफगानिस्तानले पहिले ब्याटिङ रोजेको हो भने नेपालले फिल्डिङ (बलिङ) को निम्तो पाएको छ। समूह ‘ए’ मा रहेको नेपालको यो प्रतियोगितामा पहिलो खेल […]

एसियन गेम्स : पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै

काठमाडौं । जापानमा जारी २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले आज अफगानिस्तानसँग खेल्दै छ । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा हुने खेल बिहान पौने ११ बजेदेखि सुरु हुनेछ । त्यसअघि ओमान र हङकङबीचको खेल अहिले भइरहेको छ । नेपाल समूह ‘ए’ मा अफगानिस्तान र जापानसँग रहेको छ । बिहीबार […]

पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले देशभर फुटबल, क्रिकेट र इन्डोर खेलकुदका २८ वटा पूर्वाधार निर्माण तथा स्तरोन्नति गर्ने भएको छ। खेलकुद पूर्वाधार निर्माण, सहजीकरण, स्वामित्व हस्तान्तरण तथा सञ्चालनलाई व्यवस्थित बनाउन पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्बीच बिहीबार सम्झौता भएको छ। सम्झौतापत्रमा शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रविन्द्र बोहरा र राष्ट्रिय खेलकुद परिषद्का […]

काठमाडौंमा ‘एसीसीए बीपीसी क्रिकेट लिग’ हुँदै, १६ टोलीबीच प्रतिस्पर्धा

काठमाडौं । ब्रिटिश प्रोफेसनल कलेज (बीपीसी) ले काठमाडौंमा एसीसीए प्रिजेन्ट्सः बीपीसी क्रिकेट लिग २०२६ आयोजना गर्ने भएको छ। सेप्टेम्बर २३ देखि २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिता बूढानीलकण्ठ–चुनिखेलस्थित रोयल स्पोर्ट्स पार्कमा आयोजना हुने बीपीसीले जनाएको छ। इन्डोर क्रिकेट प्रतियोगितामा एसीसीए विद्यार्थी, एफिलिएट, सदस्य, एसीसीए अप्रुभ्ड लर्निङ पार्टनर, एसीसीए अप्रुभ्ड इम्प्लोयर तथा व्यक्तिगत एसीसीए सदस्यका टोली सहभागी […]