काठमाडौं । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स २०२६’ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।
दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एण्ड टेक्नोलोजी क्रिकेट मैदानमा नेपाली कप्तान सन्दीप लामिछानेले टस जितेर यूएईलाई पहिले ब्याटिङको निम्तो दिएका हुन्। ५० ओभरको एकदिवसीय ढाँचामा भइरहेको यो खेल नेपाली समयअनुसार बिहान ११:४५ बजे सुरु हुने छ ।



