Global College

क्वालिफायर–२ मा चितवनलाई हराउँदै सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा

काठमाडौं । क्वालिफायर–२ मा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ। लगातार तेस्रोपटक फाइनलमा पुगेको सुदूरपश्चिमले शनिबार हुने उपाधि भिडन्तमा लुम्बिनी लायन्सको सामना गर्नेछ।

पहिले ब्याटिङ गर्दै चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको थियो, जसमा डेविड मलानले अविजित ७१ रनको योगदान दिए। सुदूरपश्चिमका बलरमध्ये स्कट कुगलेइनले ३ र थरिन्दु रत्नायकेले २ विकेट लिए।

१३४ रनको लक्ष्य सुदूरपश्चिमले १९.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो। दबाबका बीच थरिन्दु रत्नायकेले अविजित ४९ रन बनाउँदै टोलीलाई जित दिलाए। चितवनका बलरमध्ये रन्जित कुमारले २ विकेट लिए।

NECO

Leave Your Comment

Related News