RE
Global College

टी–२० विश्वकपः डीएलएसका आधारमा अस्ट्रेलियासँग बंगलादेश पराजित

काठमाडौं । टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर एटको खेलमा अस्ट्रेलियासँग बंगलादेशलाई २८ रनले पराजित भएको छ।
वर्षाका कारण खेल अवरुद्ध भएपछि डकवर्थ एन्ड लुइस (डीएलएस) पद्धतिका आधारमा अस्ट्रेलिया विजयी भएको हो। टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १४० रनको योगफल बनाएको थियो।

१४१ रनको विजयी लक्ष्य पछ्याएर अस्ट्रेलियाले ब्याटिङ गरिरहँदा ११.२ ओभरको खेल चलिरहँदा पानी परेपछि खेल प्रभावित बनेको थियो। त्यतिवेला अस्ट्रेलियाले दुई विकेट गुमाएर १०० रन बनाएको थियो। पानी नरोकिएपछि डिएलएस मेथडका आधारमा अस्ट्रेलियालाई विजयी घोषणा गरिएको हो।

अस्ट्रेलियाका लागि डेभिड वार्नरले ३५ बलमा पाँच चौका र तीन छक्काको सहयोगमा अविजित ५३ रन बनाएका थिए।

त्यसअघि पहिला ब्याटिङ गरेको बंगलादेशका कप्तान नजमुल हृदोय सान्टोले सर्वाधिक ४१ रनको योगदान दिए।

विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज राति ८ः१५ बजे इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीच खेल हुनेछ।

NECO

Leave Your Comment

Related News