CLI
Global College

युरो २०२४ः चेक र जर्जियाले अंक बाँडे

काठमाडौं । युरो कप २०२४ मा जर्जिया र चेक रिपब्लिकले अंक बाँडेका छन्। जर्जिया र चेकले समूह एफ अन्तर्गतको दोस्रो खेलमा १÷१ को बराबरी खेलेका हुन्।

जर्जेस मिकाउटाडजेको पेनाल्टी गोल मार्फत जर्जियाले पहिलो हाफमा अग्रता लिएको थियो। चेकका लागि प्याट्रिक स्किकले ५९ औं मिनेटमा बराबरी गोल गरे। खेलको बाँकी समयमा थप गोल हुन सकेन।

यस अघि पहिलो खेलमा चेक पोर्चुगलसँग २–१ र जर्जिया टर्कीसँग ३–१ गोलले पराजित भएका थिए।

Leave Your Comment

Related News