पौने ३ खर्ब पुग्यो निजी क्षेत्रमा कर्जा प्रवाह

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको निजी क्षेत्रमा कर्जा प्रवाह पौन ३ खर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्षको आर्थिक तथा वित्तीय प्रतिवेदनमा उक्त कुरा बताइएको हो ।

प्रतिवेदन अनुरुप गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २ खर्ब ७६ अर्ब ९४ करोड रुपैयाँ (५.८ प्रतिशत) ले प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो कर्जा १ खर्ब ७५ अर्ब ९४ करोड रुपैयाँ (३.८ प्रतिशत) ले प्रतिशतले बढेको थियो । समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.३ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६२.७ प्रतिशत र ३७.३ प्रतिशत रहेको थियो।

समीक्षा वर्षमा निजी क्षेत्रतर्फ  प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ५.८ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह ५.० प्रतिशतले र वित्त कम्पनीहरुको ७.७ प्रतिशतले बढेको छ ।
२०८१ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये ६६.५ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १३.२ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०८० असार मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६८.० प्रतिशत र ११.६ प्रतिशत रहेको थियो।

आर्थिक वर्ष २०८०÷८१ मा बैंक तथा वित्तीय संस्थाहरुको कृषि क्षेत्रतर्फको कर्जा ०.९ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.८ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १६.७ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १.५ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ६.२ प्रतिशतले बढेको छ ।

समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा २२.२ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ९.६ प्रतिशतले, मार्जिन प्रकृति कर्जा १८.१ प्रतिशतले र ट्रष्ट रिसिट (आयात) कर्जा १२.६ प्रतिशतले बढेको छ भने हायर पर्चेज कर्जा २२.० प्रतिशतले, ओभरड्राफ्ट कर्जा ४६.३ प्रतिशतलेर डिमान्ड तथा चालु पूँजी  कर्जा १७.६ प्रतिशतले घटेको छ ।

तरलता व्यवस्थापन
आर्थिक वर्ष २०८०÷८१ मा स्थायी निक्षेप सुविधामार्फत ३५ खर्ब २२ अर्ब ३५ करोड रुपैयाँ र निक्षेप संकलन बोलकबोलमार्फत ११ खर्ब ५१ अर्ब २५ करोड रुपैयाँ गरी कुल ४६ खर्ब ७३ अर्ब ६० करोड रुपैयाँ तरलता प्रशोचन गरिएको छ । समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाले पटक पटक गरी स्थायी तरलता सुविधामार्फत १ अर्ब २० करोड रुपैयाँ र ओभरनाइट तरलता सुविधामार्फत ८ खर्ब ३ अर्ब ५६ करोड रुपैयाँ गरी कुल ८ खर्ब ४ अर्ब ७६ करोड रुपैयाँ तरलता उपयोग गरेका छन्। फलस्वरुप, समीक्षा वर्षमा खुद ३८ खर्ब ६८ अर्ब ८४ करोड रुपैयाँ तरलता प्रशोचन भएको छ । अघिल्लो आर्थिक वर्षमा खुला बजार कारोबार र स्थायी तरलता सुविधा लगायतका विभिन्न उपकरणमार्फत खुद ५४ खर्ब ९ अर्ब ९९ करोड रुपैयाँ तरलता प्रवाह गरिएको थियो ।

समीक्षा वर्षमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर ५ अर्ब ८९ करोड रुपैयाँ खूद खरिद गरी ७ खर्ब ८३ अर्ब ४७ करोड रुपैयाँ तरलता प्रवाह गरेको छ । अघिल्लो वर्ष विदेशी विनिमय बजारबाट अमेरिकी डलर ५ अर्ब ४५ करोड रुपैयाँ खूद खरिद गरी ७ खर्ब १२ अर्ब ५० करोड रुपैयाँ तरलता प्रवाह गरिएको थियो।

समीक्षा वर्षमा अमेरिकी डलर ४ अर्ब २ करोड बिक्री गरी ५ खर्ब ३५ अर्ब ७ करोड रुपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्ष अमेरिकी डलर ४ अर्ब ५६ करोड बिक्री गरी ५ खर्ब ९६ अर्ब ३७ करोड रुपैयाँ बराबरको भारतीय रुपैँया खरिद भएको थियो ।

सहुलियतपूर्ण कर्जा
नेपाल सरकारको ब्याज अनुदानमा बैंक तथा वित्तीय संस्थामार्फत प्रवाह भएको सहुलियतपूर्ण कर्जा २०८१ असार मसान्तमा कुल १ लाख २० हजार २७४ जना ऋणीलाई प्रवाह भएको १ खर्ब २६ अर्ब ८२ करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ४६ हजार ३५६ जना ऋणीलाई प्रवाह भएको ८६ अर्ब ९० करोड रुपैयाँ कर्जा रहेको छ भने महिला

निक्षेप निजी क्षेत्र तर्फको कर्जा

उद्यमशील कर्जा अन्तर्गत ७१ हजार ८८३ जना महिला उद्यमीलाई प्रवाह भएको ३८ अर्ब २९ करोड रुपैयाँ कर्जा रहेको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ३५ ऋणीको १ अर्ब ६३ करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार