संकटले जन्माएको राष्ट्रिय एकता, के होला उपादयता ?

काठमाडौं । असोज ११ र १२ गते परेको निरन्तर वर्षाको कारण देशभरको जनजीवन प्रभावित छ । जनजीवनलाई सामान्य बनाउन, उद्दार र पुन स्थापनामा तीनै तहका सरकार क्रियाशिल देखिन्छन । सर्वसाधारण नागरिक,सामाजिक कार्यकर्ता, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी, बिभिन्न सामाजिक संघ संगठन  राजनीति पार्टीका नेता कार्यकर्ता सबै विगत दुई दिन देखि परेको अविरल वर्षाको कारण बाढी पहिरो र डुवानमा परेका क्षेत्र र नागरिककको उद्दारमा जुटेका छन् ।   यो संकटमा देशले एकाकार भएर संकटको प्रतिरोध गरिरहेको छ । न सत्ता पक्ष न प्रतिपक्ष न बिद्रोही शक्ति सबै एउटै मोर्चामा जुटेका छन् ।

विगतमा उद्दार र राहतलाई लिएर  हुने  सरकारको आलोचना यस पटक कम देखिन्छ । कारण हो बाढी र पहिरोमा परेका नागरिकको उद्दारमा तत्कालिन प्रयास।

आज विगत दुई दिनदेखि परेको अबिरल बर्षाको कारणले देशभरी भएको बाढी र पहिरोमा परेका नागरिकको उद्दारमा सिङ्गो देश जुटेको छ । नेपाल सरकारले सुरक्षा संयन्त्र परिचालन गरेर उद्दार र राहत बितरण गरिरहेको छ । नेपाल सरकारले २० हजार भन्दा बढि  तालिम प्राप्त सुरक्षा कर्मी उद्दारमा खटाएको छ  ।

केही स्थानमा उ्ददार कर्ता ढिलो गरी सुरक्षा कर्मी पुग्दा पिडित र स्तानीय केही आक्रोसित भएपनि उनीहरुको उद्दार लागि चिन्तित थिए ।

नेपाली कांग्रेसले आफ्ना नेता कार्यकर्तालाई उद्धारमा खटिन आग्रह गरेको छ  । महामन्त्री गगन थापाले त आज देशभर परिरहेको अविरल वर्षाका कारण बिभिन्न ठाउँमा आएको बाढी, पहिरो र डुबान भएको भन्दै पार्टीका सबै कार्यक्रम स्थगित गरेर उद्धारमा लाग्न निर्देशन दिएका छन ।

यसैगरी नेकपा एमालेका कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले बाढी पहिरोका कारण समस्यामा परेका जनताको उद्दार र राहतमा सरकारी संयन्त्रसँगै समन्वय गरेर जुट्न पार्टी पङ्क्तिलाई आह्वान गरेका छन् । उनले शनिबार साँझ वक्तव्य जारी गर्दै सरकारका सबै निकायको समन्वयात्मक परिचालन गर्न आग्रह समेत गरेका हुन ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अविरल वर्षाका कारण देशभर हुन गएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पार्टीका सबै तह र निकायलाई जनतासँग हातेमालो गर्दै उद्धार र राहतको कार्यमा सहभागी बन्न निर्देशन दिएका छन् ।

रास्वपा सभापति रबि लामिछानेले पनि आफ्ना नेता कार्यकर्तालाई प्राकृतिक विपदले संकटमा रहेका नागरिकको उद्दारमा जुट्न आग्रह गरेका छन् ।

काठमाडौं महानगरपालिकाले वर्षाले सिर्जना गरेको विपद व्यवस्थापन गर्न नगर प्रहरीका १७ वटा टोली परिचालन गरेको जनाएको  छ । निरन्तर वर्षाका कारण राजधानी सहर काठमाडौँ सिर्जना भएको विपद् व्यवस्थापन गर्न नगर प्रहरीका १७ वटा टोलीमा अधिकृत र जवान गरी ३ सय जना परिचालन गरिएको  र   टोलीहरु डुवान भएका वस्ती, नदी किनारा, रुख ढलेर अवरोध भएको सडकजस्ता जोखिम भएका ठाउँमा जनधनको क्षति न्यूनीकरणका लागि प्रयत्न गरिरहेको महानगरले बताएको छ  ।

सबै स्थानीय तहले पनि आ-आफ्नो क्षेत्रमा राहत र उद्दारमा जुटेका छन् । बैङ्क तथा बित्त संस्थाले बाढी पहिरोमा परी पिडामा रहेका नागरिकलाई मल्हम लगाउन प्रधानमन्त्री तथा राहत कोषमा राहत रकम जम्मा गर्न थालेका छन्।

संकटमा एक हुने नेपाली परम्परा नै हो । यसलाई नेपालका राजनीतिक दलहरुले पनि आत्मसात गर्दै आएका छन्। २०७२मा भुकम्पको संकटलाई हल गर्दै नेपालको संविधान जारी गरेर राजनीतिक स्थायित्वको शन्देश दिएको नेपालको राजनीतिक वृत्तले यस पटक सर्वाङ्गिण आर्थिक विकासमा त्यस्तै निर्णय गर्न सक्ला ? सबैले चासोको साथ हेरिएको विषय हो। यसो हुन सके नेपालको राजनितिक नेतृत्व पुन: धन्यवादको पात्र हुनेछ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार