८७ अर्बको उपदान तथा पेन्सन कोषमा लगानी गर्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको उपदान तथा पेन्सन कोषमा लगानी गर्न आग्रह गरेको छ । राष्ट्र बैंकले बैंकको उपदान तथा पेन्सन कोषमा रहेको ८७ अर्ब रुपैयाँमा लगानी गर्न बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको हो । जसमा वाणिज्य बैंकमा रहेको ६९ करोड ६० लाख रुपैयाँ , विकास बैंकमा रहेको १३ करोड ५ लाख रुपैयाँ र वित्त कम्पनीमा रहेको ४ करोड ३५ लाख रुपैयाँ गरी कुल ८७ अर्ब रुपैयाँमा लगानी गर्न आग्रह गरिएको हो ।

आवेदकले १८१ दिनको मुद्दती निक्षेपको रुपमा लिन चाहेको रकम खोली ब्याजदर प्रस्ताव गर्न सक्ने छन् । राष्ट्र बैंकले आवेदकका लागि विभिन्न मापदण्ड तय गरेको छ । आवेदकहरुमा बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पूरा गरेको , बैंकबाट तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको , निष्कृय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम रहेको , खुद तरल सम्पत्ति बैंकले तोकेको न्युनतम सीमा कायम गरेको हुनुपर्नेछ ।

त्यस्तै लगानी गर्न इच्छुक संस्थाहरुले कर्जा – स्वदेशी निक्षेप अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको, निकटतम अघिल्लो आर्थिक वर्षमा खुद मुनाफामा रहेको, लगानी गरिने संस्थाको कुनै पनि सञ्चालक वा प्रमुख कार्यकारी अधिकृतलाई बैंकले जरिवाना गरेको अवस्थामा त्यस्तो जरिवाना गरिएका सञ्चालक वा प्रमुख कार्यकारी अधिकृत उक्त संस्थामा कायम नरहेको । यदि, कायम नै रहेको अवस्था रहेमा जरिवाना भुक्तान गरेको मितिले ६ महिना समय अवधि पूरा भएको , शीघ्र सुधारात्मक कारवाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको ,नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ बमोजिमको कारवाहीमा परी समस्याग्रस्त घोषणा नभएको । समस्याग्रस्त घोषणा भएमा सो फुकुवा भएको ६ महिना अवधि पूरा भएको , सर्वसाधारणको लागि छुट्याइएको शेयर जारी गरिसकेको र प्रस्ताव गरेको ब्याजदर माथि उल्लिखित लगानी गरिने मितिसम्म मान्य हुनेछ । त्यस्तै बैंक – विकास बैंक – वित्तीय संस्थाको व्याजदर परिवर्तन सम्बन्धी सार्वजनिक सूचनाले प्रस्तावित व्याजदरलाई कुनै असर नपर्ने लगायतका मापदण्ड पूरा गरेको हुनुपर्छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार