४ खर्ब ३६ अर्ब पुग्यो बैंक तथा वित्तीय संस्थाको चुक्ता पूँजी

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको चुक्ता पूँजीको आकार ३ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको साउनसम्म बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पूँजी ४ खर्ब ३६ अर्ब ४० करोड रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ११ अर्ब २८ करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पूँजी ४ खर्ब २५ अर्ब १२ करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाको चुक्ता पूँजी मात्र नभई पूँजी कोष समेत बलियो अवस्थामा रहेको राष्ट्र बैंकका अधिकारीहरु बताउछन् ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले चुक्ता पूँजीमा वृद्धि गर्दा समग्रमा बैंक तथा वित्तीय संस्थाको चुक्ता पूँजीको आकार बढेको हो । चालु आर्थिक वर्षको साउनसम्म वाणिज्य बैंकको चुक्ता पूँजी ३ खर्ब ७९ अर्ब २ करोड रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको भन्दा ९ अर्ब १६ करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा वािणज्य बैंकको चुक्ता पूँजी ३ खर्ब ६९ अर्ब ८५ करोड रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको साउनसम्म विकास बैंकको चुक्ता पूँजी ४२ अर्ब १७ करोड रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको तुलनामा १ अर्ब ९६ करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा विकास बैंकको चुक्ता पूँजी ४० अर्ब २० करोड रुपैयाँ रहेको थियो ।चालु आर्थिक वर्षमा वित्त कम्पनीहरुको चुक्ता पूँजी १५ अर्ब २१ करोड ७० लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको भन्दा २२ करोड ९० लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा वित्त कम्पनीहरुको चुक्ता पूँजी १४ अर्ब ९८ करोड ८० लाख रुपैयाँ रहेको थियो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको चुक्ता पूँजी वृद्धिलाई लिएको नीतिका कारण बैंक तथा वित्तीय संस्थाको चुक्ता पूँजी सबल रहेको पाइन्छ । बैंक तथा वित्तीय संस्थाका शेयरमा आर्कषण देखिदाँ ती संस्थाहरुको चुक्ता पूँजी समेत प्रभावित हुन पुगेको हो । बैंक तथा वित्तीय विशेष गरी वाणिज्य बैंक र विकास बैंकको सेयर किन्ने सदस्यहरु बढेका छन् अर्थात् संस्थापक शेयर र साधारण शेयरमा समेत आर्कषण देखिएको छ । पूँजी कोष सबल राख्नका लागि बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने क्षमतामा समेत सुधार गरी बजारमा आफूलाई बलियो देखाउने गरेको बैंकरहरु बताउछन् । उनीहरुका अनुसार राष्ट्र बैंकको नियमन र बैंक तथा वित्तीय संस्थाले गरेको तलरता (लगानीयोग्य रकम) व्यवस्थापनका कारण पनि चुक्ता पूँजीको कोषमा सुधार देखिएको हो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार