काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले टिकट नपाएका दर्शकहरूका लागि महानगरपालिकाले तीन ठाउँमा हेर्न सकिने व्यवस्था गरिएको जानकारी गराएका छन्।
बुधबार साँझ साढे ६ बजे हुने फाइनल खेलको टिकट लिन पुगेकाहरू निराश हुन थालेपछि महानगरपालिकाले तीन ठाउँमा लाइभ गर्ने व्यवस्था मिलाएको हो।
मेयर शाहले टिकट पाएकाहरूले रंगशाला पुगेर नेपाल र खेलाडीको समर्थन गर्न आग्रह गर्दै मेयर बालेनले अन्यले सामूहिक रुपमा नेपालको समर्थन गर्न आग्रह गरेका हुन्।