CLI
Global College

नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिमा अनियमितताको आरोप, अख्तियारमा उजुरी

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्ति प्रक्रियामा गम्भीर अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । सन्तोष नारायण श्रेष्ठलाई कानुनविपरीत र आर्थिक चलखेल गरेर सेबोन अध्यक्षमा नियुक्ती गरिएकाले कारबाहीको माग गर्दै पुस १ गते अख्तियारमा उजुरी परेको हो ।

भ्रष्टाचारविरोधी अभियन्ता राजन शर्मा पराजुलीले अख्तियारमा दायर गरेको उजुरीमा सेबोन अध्यक्ष नियुक्ती प्रक्रियामा पाँच अर्बको कमिसन खेल भएको दाबी गरेका छन् । उजुरी पत्रमा नियुक्ति प्रक्रिया पारदर्शी नभएको र योग्यता नपुगेका व्यक्तिलाई अध्यक्ष बनाइएको आरोप लगाइएको छ ।

उजुरीमा प्रमुख राजनीतिक दलका नेताहरू, सरकारका उच्च पदाधिकारी र केही व्यवसायिक समूहहरूबीचको असहज सम्झौता मार्फत सन्तोष नारायण श्रेष्ठको नियुक्ति भएको उल्लेख छ। यो नियुक्ति राजनीतिक दबाब र आर्थिक लेनदेनका कारण विवादित बनेको उजुरीकर्ताले बताएका छन्।

राजन शर्मा पराजुलीका अनुसार, सन्तोष नारायण श्रेष्ठको नियुक्ति योग्यता र कानुनी मापदण्ड विपरीत छ। साथै, नयाँ स्टक एक्सचेन्जको लाइसेन्स जारी गर्न नियमविपरीत चलखेल भएको पनि उजुरीमा उल्लेख गरिएको छ।

उजुरीमा सेबोन जस्तो महत्त्वपूर्ण संस्थालाई कमजोर बनाउने षड्यन्त्र भइरहेको आरोप लगाइएको छ। यस्तो अनियमितता र भ्रष्टाचारले नेपालको वित्तीय प्रणाली नै जोखिममा पर्ने उजुरीकर्ताको भनाइ छ।

 

 

Leave Your Comment

Related News