काठमाडौं । तिहार पर्वको सार्वजनिक बिदाका समयमा पनि बाजुरा जिल्ला अदालत खुला रहने भएको छ । जिल्ला अदालतले सूचना जारी गर्दै दीपावलीको बिदा अवधिमा पर्ने शनिबारबाहेक अन्य दिन अदालत खुला रहने जनाएको हो ।
अदालतका अनुसार उक्त अवधिमा बिहान ११स्०० बजेदेखि दिउँसो ३स्०० बजेसम्म बन्दीप्रत्यक्षीकरणसम्बन्धी निवेदनको सुनुवाइ तथा पक्राउ पुर्जी जारी गर्ने अनुमति प्रदान गर्ने प्रयोजनका लागि अदालत खुला रहनेछ ।



