निष्क्रिय कर्जाको दबाबमा लघुवित्त: आर्थिक गतिविधि चलायमान नहुँदा समस्या

काठमाडौं । कर्जा असुलीमा बैंक तथा वित्तीय संस्थाहरु कमजोर बन्दै जाँदा निष्क्रिय कर्जा  बढ्दै  गएको दखिन्छ । मुलुकमा रहेका ५२ वटा लघुवित्त वित्तीय संस्थाहरूमध्ये हालसम्म २५ वटा संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसमध्ये सीमित बाहेक अधिकांशको निष्क्रिय कर्जा बढेको छ ।

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा वित्तीय विवरणअनुसार आरएसडीसी लघुवित्त वित्तीय संस्थामा २.५७ प्रतिशत निष्क्रिय कर्जा छ । गत आवको सोही अवधिमा निष्क्रिय कर्जा १.४९ प्रतिशत थियो । हिमालयन लघुवित्तको ३.७२ प्रतिशत निष्क्रिय कर्जा छ । गत आवको सोही अवधिमा हिमालयनको निष्क्रिय कर्जा ३.९२ प्रतिशत थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४.७८ प्रतिशत रहेको ग्रामीण लघुवित्तको निष्क्रिय कर्जामा भने सुधार भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा ग्रामीणको निष्क्रिय कर्जा ११.५ प्रतिशत रहेको थियो । गत आवको पहिलो त्रैमासमा १.६७ प्रतिशत निष्क्रिय कर्जा रहेको सपोर्ट लघुवित्तको यस वर्ष पहिलो त्रैमासमा १.६४ प्रतिशत निष्क्रिय कर्जा छ । सपोर्टले आफनो निष्क्रिय कर्जालाई सीमित दायरामा राख्दै आएको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा डिप्रोक्स, फस्र्ट र आत्मनिर्भर लघुवित्तका निष्क्रिय कर्जा क्रमशः ९.१, ४.४४ र १४.४३ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा डिप्रोक्स, फस्र्ट र आत्मनिर्भर लघुवित्तका निष्क्रिय कर्जा क्रमशः ५.१४, १.९१ र ८.५३ प्रतिशत थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा उपकार, नाडेप र आरम्भ चौतारी लघुवित्तहरूको निष्क्रिय कर्जा क्रमशः १.२५, १०.६१ र २.१४ प्रतिशत छ । गत आवको सोही अवधिमा उपकार, नाडेप र आरम्भको निष्क्रिय कर्जा क्रमशः ४.८३, ६.५६ र ५.४९ प्रतिशत थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ग्लोबल आईएमईको ४.३५ प्रतिशत, मानुषीको ५.१३ प्रतिशत ,युनिक नेपालको १५.७९ प्रतिशत र एनएमबी लघुवित्त वित्तीय संस्थाको ६.३७ प्रतिशत निष्क्रिय रहेको छ । जुन गत आवको सोही अवधिमा ग्लोबल आईएमईको ४.७६, मानुषीको ७.३४, युनिक नेपालको १०.८२ र एनएमबी लघुवित्तको ७.२७ प्रतिशत थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लक्ष्मीको ७.९४ प्रतिशत, आत्मनिर्भरको १४.४३ प्रतिशत, नेरुडे मिर्मिरेको १६.१४ प्रतिशत र मेरो माइक्रोफाइनान्स लघुवित्तको ९.३९ प्रतिशत निष्क्रिय कर्जा रहेको छ । गत आवको सोही अवधिमा लक्ष्मीको ६.८९ प्रतिशत, आत्मनिर्भरको ८.५३ प्रतिशत, नेरुडे मिर्मिरेको ५.५१ प्रतिशत र मेरो माइक्रोफाइनान्स लघुवित्तका ११.५० प्रतिशत निष्क्रिय कर्जा रहेको थियो ।

सूर्योदय वोमी, सामुदायिक लघुवित्त, साना किसान र नेसनल लघुवित्त वित्तीय संस्थामा चालू आवको पहिलो त्रैमासमा क्रमशः छ दशमलव ३०, छ दशमलव ४१, दुई दशमलव ४६ र चार दशमलव २६ प्रतिशत निष्क्रिय कर्जा रहेको छ । गत आवको सोही अवधिमा भने यी संस्थाहरूमा यस्तो कर्जा क्रमशः पाँच दशमलव ९२, ११ दशमलव १६, शून्य दशमलव ८१ र चार दशमलव १७ प्रतिशत थियो ।
चालू आवको पहिलो त्रैमासमा इन्फिनिटीको ११.३५ प्रतिशत, स्वरोजगार ५.४३ प्रतिशत र विजय लघुवित्त वित्तीय संस्थाको ९.५७ प्रतिशत निष्क्रिय कर्जा रहेको छ । गत आवको सोही अवधिमा इन्फिनिटीको ४.८५ प्रतिशत, स्वरोजगार ५.१७ प्रतिशत र विजय लघुवित्त वित्तीय संस्थाको ७.९० प्रतिशत निष्क्रिय कर्जा रहेको थियो ।

सीमित लघुवित्तले आफनो निष्क्रिय कर्जामा सुधार गरे पनि अधिकांश जस्तो लघुवित्तले सुधार गर्न सकेका छैनन् । अर्थतन्त्र चलयमान हुन नसक्दा निष्क्रिय कर्जा घटाउनमा लघुवित्त वित्तीय संस्थाहरुलाई समस्या भएको विज्ञहरु बताउछन् । सरकारले लगानीको उचित वातावरण तथा क्षेत्र नतोक्दा निष्क्रिय कर्जा तथा कर्जा उठाउन समस्या भएको विज्ञहरुको भनाई छ । सरकारले घरजग्गामा लगानी गरिरहेका अधिकांश बैंक तथा वित्तीय संस्था पछिल्लो समय वित्तीय समस्या बढ्दै गएको छ, सरकारले त्यसलाई सम्बोधन हुने गरी नीति निर्माण नगरेमा लघुवित्तका साथै बैंकहरु समेत समस्यामा पर्ने विज्ञहरुको भनाई छ ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार