CLI

२७ अर्बले घट्यो बैंक तथा वित्तीय संस्थाको ब्याज आम्दानी

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको ब्याज आम्दानी १५ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको असोजसम्म बैंक तथा वित्तीय संस्थाहरुको ब्याज आम्दानी १ खर्ब ५१ अर्ब ७३ करोड रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १५.१७ प्रतिशत अर्थात् २७ अर्ब १३ करोड रुपैयाँले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको ब्याज आम्दानी १ खर्ब ७८ अर्ब ८७ करोड रुपैयाँ रहेको थियो ।

बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाए सँगै ब्याज आम्दानीमा कमी आएको हो । पछिल्लो समय वाणिज्य बैंकको औसत आधारदर ७.३४ प्रतिशतमा झरेको छ । भने पछिल्लो एक वर्षको अवधिमा बैंकहरुको औसत आधारदर २६.३९ प्रतिशतले घटेको छ । यसरी आधारदर घटेसँगै बैंकहरुबाट प्रवाह हुने कर्जाको ब्याजदर पनि सस्तिएको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाको ब्याजदरमा कमी गर्दा आम्दानी समेघ घटेको बैंकरहरु बताउछन् । चालु आर्थिक वर्षको असोजसम्म वाणिज्य बैंकको ब्याज आम्दानी १ खर्ब ३२ अर्ब ७० करोड रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २३ अर्ब ४९ करोड रुपैयाँले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा वािणज्य बैंकको ब्याज आम्दानी १ खर्ब ५६ अर्ब २० करोड रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको असोजसम्म विकास बैंकको ब्याज आम्दानी १५ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ३ अर्ब ३९ करोड रुपैयाँले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा विकास बैंकको ब्याज आम्दानी १८ अर्ब ८४ करोड रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको असोजसम्म वित्त कम्पनीहरुको ब्याज आम्दानी ३ अर्ब ५७ करोड ८० लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वषको सोहि अवधिको तुलनामा २४ करोड ९० लाख रुपैयाँले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा वित्त कम्पनीहरुको ब्याज आम्दानी २ अर्ब ५२ करोड २७ लाख रुपैयाँ रहेको थियो ।

पछिल्लो समय अर्थतन्त्र चलयमान हुन नसक्दा बैंक तथा वित्तीय संस्थाबाट ऋण प्रवाह समेत कमजोर रहेको छ, जसको असर ब्याज आम्दानीमा समेत परेको विज्ञहरु बताउछन् । अर्थतन्त्र चलयमान हुन नसक्दा कर्जा असुली समेत बढ्न सकेको छैन भने बैंक तथा वित्तीय संस्थाको खराब कर्जामा समेत सुधार आउने सकेको छैन अर्कोतर्फ कालोसूचीमा पर्नेको संख्या समेत बढ्दा ब्याज आम्दानी खुम्चिन पुगेको विज्ञहरु बताउछन् ।

Leave Your Comment

Related News