CLI
Global College

दुई शताब्दी पुरानो बालकुमारी मन्दिर निर्माणार्थ, भक्तपुरको चाँगुनारायणमा विराट ज्ञान महायज्ञ हुने

भक्तपुर । दुई शताब्दी पुरानो बालकुमारी मन्दिर निर्माणार्थ भक्तपुरको चाँगुनारायणमा श्रीमद्भागवत धनधान्याञ्चल विराट ज्ञान महायज्ञ हुने भएको छ । महायज्ञ नगरपालिकाको वडा नम्बर ८ मिश्रीकोटारमा माघ ५ गतदेखि माघ १३ गतेसम्म आयोजना हुनेछ ।

२०० वर्ष पुरानो शक्तिरुपिणी बालकुमारी मन्दिर निर्माण गर्ने उद्देश्यका साथ महायज्ञ आयोजना गर्न लागिएको ऐतिहासिक श्रीमद् भागवत धनधान्याञ्चल बालकुमारी विराट ज्ञान महायज्ञ तथा श्रृंगार महाआरी मूल समारोहसमितिका अध्यक्ष तिर्थराज घोरसाइनेले जानकारी दिए ।

करिब २०० वर्ष अघि हाल बालकुमारी मन्दिर रहेको स्थानमा रहेको लप्सीको रुख एक्कासी सुक्न पुगेको थियो । पुर्खाहरुले लप्सीको रुख सुक्नुको कारण बुझ्न तान्त्रिक गुरुको सहयोग लिनु भएको थियो । बालकारीमा माताको बासास्थानमा लप्सीको बोट उम्रिएकाले सुकेको तान्त्रिक गुरुले जानकारी गराए पछि राजमान रञ्जितकारका जिवाले मन्दिर स्थापना गरेको किम्बदन्ती रहेको अध्यक्ष घोरसाइनेले बताए ।

‘बालकुमारी माताको मन्दिर सुडालको पवित्र तथा धार्मिक तिर्थस्थलको रुपमा रहेको छ । माताको दर्शनले दशनार्थीको मनोकामना पुरा हुने जनविश्वास छ’, घोरसाइनेले भने । हालको सानो मन्दिरलाई भव्य र व्यवस्थित बनाउन महायज्ञ गर्न लागिएको हो ।

नयाँ मन्दिर स्थापनासँगै यस क्षेत्रमा धार्मीकगतिविधि बढ्नुका साथै पर्यटकीय गतिविधि बढ्ने उनले विश्वास व्यक्त गरेका छन् ।

उक्त महायज्ञमा संगीतमय कथावाचन, भजन कीर्तन, देवलीला, झाँकी, तुलादान, धान्यञ्चल, तण्डुलाचल एवम् शान्ति कलश पूजनलगायतका कार्यक्रम रहेको छ । साथै समापनका दिन सामूहिक व्रतबन्धको कार्यक्रम पनि रहेको अध्यक्ष घोरसाइनेले जानकारी गराए ।

चाँगुनारायण नगरपालिकाको समेत समन्वयमा हुने महायज्ञले नगरकोट भ्रमण वर्ष–२०८२ को प्रचार प्रसारमा समेत सहयोग पुग्ने उनले बताए ।

महायज्ञ सफल बनाउन गठित समितिको उपाध्यक्ष केशवप्रसाद तिमल्सिना, सचिब साधुराम घोरसाइने, कोषाध्यक्ष शुसिला घिमिरे, र सहसचिबमा नबिन कार्की रहेका छन् ।

यस्तै सदस्यहरूमा लक्ष्मण थापा, रामबहादुर थापा, राजकुमार कार्की, अर्जुन कार्की, भरत कार्की, कल्पना बिष्ट, शुमित्रा दाहाल, शुमित्रा घोरसाइने, महेन्द्रप्रसाद घोरसाइने, माधब प्रसाद घोरसाइने, गंगा प्रसाद अधिकारी, गंगाप्रसाद घोरसाइने, बाशुदेब घोरसाइने, रामशरण घोरसाइने, मनोज बुढाथोकी, धुर्व कार्की, राम कुमार कार्की, कृष्ण बानियाँ, सन्जिब बानियाँ , चिरन कार्की, रोशन तिमल्सिना, लोकनाथ दुलाल, रघुराम दुलाल, सन्तराम दुलाल, गोकर्ण फुयाल, जीवन दाहाल, राजु साखकर्मी, कृष्णा पियारी थापा कार्की, रन्जित रन्जिकार, बुद्द रन्जितकार, सन्तकुमार रन्जितकार, हिराकाजी रन्जितकार, सुकुराम रन्जितकार, सैलेन्द्र कुमार श्रेष्ठ, राजेश नेपाल, हरेराम दुलाल, श्यामप्रसाद घोरसाइने छन् ।

Leave Your Comment

Related News