काठमाडौं विश्वविद्यालयमा फलिङ्ग वाल्स ल्याब प्रतियोगिता: विजेता फ्रिन्सेन प्रधानले जिते जर्मनी जाने अवसर

काठमाडौं । जर्मन सरकारको शैक्षिक सहायता संस्था (DAAD) र काठमाडौं विश्वविद्यालयले संयुक्त रुपमा नेपालमा पहिलो पटक फलिङ्ग वाल्स ल्याब प्रतियोगिता आयोजना गरिएको छ । विगतमा पूर्बी र पश्चिम जर्मनी छुट्याउने  बर्लीनको पर्खाल भत्काउने सोचका कारण आएको मानवले मनावहरुका समस्या समाधान (Humans Solving Human Problem) गर्ने परिवर्तनकारी सोचलाई सम्बोधन गर्दै यस प्रतियोगितालाई फलिङ्ग वाल्स ल्याब (Falling Walls Lab) नामाकरण गरिएको हो । विश्वका विभिन्न राष्ट्रमा आयोजना हुने यस प्रतियोगितमा नबिनतम सोचलाई निर्णायक मण्डल र दर्शकका अगाडी प्रस्तुती गर्ने गरिन्छ र विजेतालाई जर्मनीको बर्लीन शहरमा हुने प्रतियोगितामा पूर्ण प्रायोजन सहित सहभागी हुने अवसर प्राप्त हुने गर्दछ ।

नेपालमा पहिलो पटक आयोजना गरिएको यस प्रतियोगिता काठमाडौं विश्वविद्यालयमा । काठमाडौं विश्वविद्यालयको विजनेश इन्क्युवेशन सेन्टर (KUBIC) र इनरजाइज नेपाल (EnergizeNepal) द्वारा संयुक्तरुपमा संचालन गरिएको थियो । २८ जनाले आवेदन पेश गरेका मध्ये १० जना प्रतियोगीहरू प्रस्तुति दिनका लागि छनौट भएका थिए। प्रतियोगितामा काठमाडौं विश्वविद्यालयबाट फ्रिन्सेन प्रधान प्रथम, त्रिभुवन विश्वविद्यालयबाट अन्जना तामाङ दोस्रो र सोही विश्वविद्यालयबाट गौरव अधिकारी तेस्रो भएका थिए भने काठमाडौं विश्वविद्यालयबाट अनुप गोदार को प्रस्तुतिलाई दर्शकले सर्वाधिक रुचाएका थिए।

काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थपा र सोही विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङ्गका सहायक डीन र इनारजाइज नेपालका संस्थापक सम्पर्क व्यक्ति श्री बृजेश अधिकारी, जर्मन राजदुतावासका (Deputy Mission Director) डा. स्टेफन रसेक, ड्याडकी डा. कात्या लास्क को उपस्थिती रहेको कार्यक्रममा अधिकारीले यस्तो प्रतियोगिताले नविन्तम सोचको प्रवर्धन हुनका साथै युवाहरूलाई  सकारात्मक र उन्नत सोच तिर आकर्षण गर्ने अवधारणा व्यक्त गर्नु गरे । साथै यस्ता कार्यक्रमहरुमा काठमाडौं विश्वविद्यालयको भुमिका सधा सकारात्मक हुने पनि जानकारी दिए । काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले विजेताहरू र सहभागीहरूलाई बधाइ ज्ञापन गर्दै, विश्वविद्यालयको विजनेश इन्क्युवेशन प्राथमिकतामा परेको र हाल सम्म आफ्नो र अन्य सहयोगी  स्रोतका माध्यमबाट ३७ वटा कम्पनी स्थापना र संचालनमा सहयोग गरेको जानकारी दिए। उनले ड्याड र जर्मन सरकारले यस प्रतियोगिता संचालन गर्न विश्वविद्यालयसंग सहकार्य गरेकोमा धन्यवाद ज्ञापन गर्दै जर्मन सरकारको र शैक्षिक सहायता संस्था (DAAD) संगै आवश्यक सहकार्य र सहयोग गर्न इच्छुक सधै रहेको पनि जानकारी दिए ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार