RE
Global College

नेपाल पे इन्स्ट्यान्ट मार्फत चाडपर्वमा नि:शुल्क फण्ड ट्रान्स्फर सुविधा

काठमाडौं । दसैं, तिहार लगायत चाडलाई लक्षित गर्दै डिजिटल कारोबारलाई प्रवर्द्धन गर्न मोबाइल नम्बरको आधारमा हुने नेपाल पे इन्स्ट्यान्टको फण्ड ट्रान्स्फर नि:शुल्क गरिएको छ ।

यससँगै नेपाल पे इन्स्ट्यान्टको सुविधा उपलब्ध रहेको बैंक वित्तीय संस्थाका मोबाइल बैंकिङ ग्राहकहरु तथा कनेक्टआइपीएस प्रयोगकर्ताहरूले असोज ३० गतेसम्मका लागि नेपाल पे इन्स्ट्यान्ट मार्फत बिना शुल्क २६ बैंक वित्तीय संस्थाहरुमा फण्ड ट्रान्स्फर गर्न सक्नेछन् ।

नेपाल पे इन्स्ट्यान्ट एक प्रोक्सीको आधारमा डाइरेक्ट क्रेडिट उपकरण हो । जसमा लाभग्राहीको भर्चुअल प्राइभेट एड्रेस ९भिपिए०को आधारमा फण्ड ट्रान्स्फर गर्न सकिन्छ।

हाल नेपाल पे इन्स्ट्यान्टको सुविधा कनेक्ट आईपीएस तथा कृषि विकास बैंक, सानिमा बैंक, ग्लोबल आईएमई बैंक, नेपाल एसबीआई बैंक, गरिमा विकास बैंक तथा साग्रिंला विकास बैंकका मोबाइल बैंकिङ एपहरुमा उपलब्ध छ ।

 

NECO

Leave Your Comment

Related News