सुनकोशीमा टर्मिनल सहित जलमार्ग बनाइने

काठमाडौं । सरकारले सुनकोशी नदी र नारायणी नदीमा टर्मिनलसहित जलमार्ग सञ्चालनमा ल्याउने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । यसका लागि नेपालमा जल यातायात प्रयोजनका लागि आवश्यक संस्थागत तथा कानुनी प्रबन्ध गर्ने समेत उल्लेख गरिएको छ । समुद्रमा चल्ने पानीजहाज नेपालमा दर्ता […]

कर्मचारीको तलब बढाउने सरकारको संकेत

काठमाडौं । सरकारले कर्मचारीको तलब बढाउने संकेत गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले कर्मचारीको क्षमता विकास र जीविकोपार्जनका लागि पुग्ने गरि सेवा सुविधा उपलब्ध गराइने उल्लेख गरेका हुन् । नीति कार्यक्रम अनुसार नै जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट आउने भएकाले उक्त बजेटमार्फत कर्मचारीको तलब बढ्ने […]

मध्यपहाडी पुष्पलाल लोकमार्गलाई ‘समृद्धि करिडोर’ बनाइने

काठमाडौं । सरकारले मध्यपहाडी पुष्पलाल लोकमार्गलाई समृद्धि करिडोरको रुपमा विकास गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । समृद्धि करिडोर विकास गर्न विद्युत, सञ्चार, पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानी लगायत पूर्वाधार विकास गर्ने नीति कार्यक्रममा घोषणा गरिएको छ । यसबाट उत्पादन, उपादकत्व, उत्पादनशीलता […]

१ हजार युवालाई ‘स्टार्टअप सहुलियत कर्जा’ दिइने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा १ हजार युवालाई ‘स्टार्टअप बिजनेस’ सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ । आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षमा १ हजार युवालाई ‘स्टार्टअप बिजनेस’ सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने घोषणा गरेका हुन् । सातवटै प्रदेशमा बिजनेस इक्युवेशन सेन्टर स्थापना गरी यसको प्रवर्द्धन गरिनेर वैदेशिक […]

थप साढे १५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याइने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा १५ हजार ५ हेक्टरमा व्यवस्थित सिँचाइ सुविधा पुर्‍याउने घोषणा गरेको छ । आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत सरकारले सिँचाइ पूर्वाधार प्रणाली व्यवस्थित गर्दै थप १५ हजार ५ हेक्टरमा व्यवस्थित सिँचाइ सुविधा पुर्‍याउने घोषणा गरेको हो । यस्तै तराई मधेशका ३ लाख १८ हजार हेक्टर क्षेत्रफलमा क्लस्टरमा आधारित स्यालो […]

घरजग्गा कारोबारमा मूल्यांकन व्यवस्थित गर्न कानुन परिमार्जन गरिने

काठमाडौं । सरकारले घरजग्गा कारोबारलाई व्यवस्थित गर्न र जमिनको मूल्यांकन प्रणाली व्यवस्थित गर्न आवश्यक कानुनी तथा संरचनागत सुधार गर्ने घोषणा गरेको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उक्त घोषणा गरेका हुन् । यस्तै मालपोत र नापीको आधारभूत सेवा स्थानीय तहबाट एकीकृत रूपमा अनलाइनबाट प्राप्त हुने व्यवस्था गर्ने […]

सूचना प्रविधि दशक’को घोषणा, नेपाललाई ‘ग्लोबल सूचना प्रविधि हब’ बनाइने

काठमाडौं । ‘सरकारले आगामी दशकलाई ‘सूचना प्रविधि दशक’को घोषणा गरेको छ । सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई ‘ग्लोबल सूचना प्रविधि हब’ बनाइने उद्घोष गरेका हुन् । यस्तै आगामी आर्थिक वर्ष सूचना प्रविधिसँग सम्बन्धित ५ हजार रोजगारी सिर्जना गर्ने घोषणा पनि सरकारले गरेको छ । साथै, नेपालबाट आइटी सम्बन्धि व्यवसाय निर्यात […]

अन्त शुल्क टिकट, लाइसेन्स, हुलाक टिकट ,राहदानी स्वदेश मै छाप्ने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत् अन्त शुल्क टिकट, लाइसेन्स, हुलाक टिकट ,राहदानी स्वदेश मै छाप्ने बताइएको छ । यसका लागि प्रेसको स्थापना गरिने बताइएको छ । आमसञ्चारका लागि नीतिगत तथा कानुनी सुधार गरिने छ, सामाजिक सञ्जलालाई व्यवस्थित गरिने बताइएको छ ।

आगामी वर्षसम्म विद्युत उत्पादन क्षमता ४५ सय मेगावाट पुर्याउने सरकारको घोषणा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षभित्र कुल विद्युत जडित क्षमता ४ हजार ५ सय मेगावट पुर्याउने घोषणा गरेको छ । सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षभित्र विद्युतको कुल जडित क्षमता ४ हजार ५ सय मेगावाट पुर्याइने घोषणा गरेका हुन् । उनले आगामी वर्षभित्र प्रतिव्यक्ति विद्युत खपत ४५० किलोवाट प्रतिघण्टा […]

केरुङ काठमाडौं रेलमार्ग सम्भाव्यता अध्ययन गरिने

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१÷८२ नीति तथा कार्यक्रममार्फत् राष्ट्रिय राजमार्ग मर्मत सम्भारलाई निरन्तरता दिने, पूर्व पश्चिम रेलमार्ग , केरुङ काठमाडौं रेलमार्ग सम्भाव्यता अध्ययन गरिने बताइएको छ  । काठमाडौं तराई रेलमार्गलाई पनि प्राथमिकतामा राखिएको बताइएको छ । पानी जहाज नेपालसम्म आउने व्यवस्था गरिने  , विपद्को जोखिम वस्तीलाई स्थान्तरण गरिने  बताइएको छ । हुलाकी राजमार्ग वरपर […]