लगानी सम्मेलन : कर्मकाण्डी तयारीले उपलब्धि हासिल गर्न चुनौति

काठमाडौं । सरकारले अगामी वैशाख १६ र १७ गते नेपालमा ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ आयोजना गर्दैछ। दक्षिणी छिमेकी भारतमा आम चुनाव भइरहेको समयमा नेपालमा आयोजना हुन लागेको यस सम्मेलनलाई इजराय हमास तथा रुस–युक्रेनको जारी द्वन्द्वले पनि प्रभाव पार्न सक्छ । लगानी बोर्डको आयोजनामा हुने लागेको   सम्मेलनको पूर्व तयारीका कार्यहरु जोडबलका साथ अघि बढी बढेको छ […]

विवादित व्यक्तित्व मधुकुमार मरासिनीलाई अर्थ सचिवको जिम्मेवारी

काठमाडौं । भ्रष्टचारको आरोप र बजेट निर्माणको क्रममा अनाधिकृत कर्मचारी प्रवेशको क्रममा अर्थ सचिवको जिम्मेवारी लिएका व्यक्तित्व हुन सचिव मधुकुकार मरासिनी । भ्रष्टाचार आरोपमा भने सफाइ पाएका मरासिनीलाई सरकारले अर्थ सचिवको जिम्मेवारी दिएको छ । यसअघि बजेट निर्माणको क्रममा अनाधिकृत व्यक्ति प्रवेश गराई करको दर हेरफेर गरेको विषय संसद्मा चर्किरहेका बेला मरासिनीले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई […]

दुहवीमा साप्ताहिक हाटबजार सुरु

जनकपुर । धनुषाको दुहवीमा विवादका कारण बन्दभएको हाटबजार लामो समयपछि सञ्चालनमा आएको छ । विदेह नगरपालिका–२ स्थित दुहवी गोवराही चोकमा बन्द रहेको साप्ताहिक हाटबजार सञ्चालनमा आएको सो नगरपालिकाका प्रमुख वेचन दासले जानकारी दिए । स्थानीयबीचको विवादका कारण हाटबजार २०७६ सालदेखि बन्द थियो । हाटबजार बन्द भएको कारणले त्यहाँका बासिन्दालाई आफ्नो उत्पादित सामान खरिद बिक्रीका लागि […]

चेम्बर सल्लाहकार परिषदको अध्यक्षमा राजेशकाजी श्रेष्ठ चयन

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषदको अध्यक्षमा राजेशकाजी श्रेष्ठ चयन भएका छन । चेम्बरका पूर्वअध्यक्ष समेत रहेका श्रेष्ठ सल्लाहकार परिषदको अध्यक्षमा चयन भएका हुन । परिषदले चेम्बरको संस्थागत विकास एवं व्यवसायीको क्षमता अभिवृद्धिका लागि सुझाव दिनेछ । परिषदमा महेश कुमार अग्रवाल, सुरेन्द्रवीर मालाकार सुरेशकुमार बस्नेत लगायत चेम्बर अभियानका अग्रजहरु रहेका छन। परिषदले सरकार […]

ग्लोबल आइएमईको ३५ लाख बोनस शेयर सूचीकृत

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको ३५ लाख कित्ता भन्दा बढी बोनस शेयर सूचीकृत भएको छ । सोमबार बैंकको ३५ लाख ७७ हजार एक सय पाँच दशमलव ९६ कित्ता बोनस शेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको हो । यस बैंकले गत वर्षको नाफाबाट एक प्रतिशत बोनस शेयर कित्ता सूचीकृत गरेको हो । उक्त शेयर सम्बन्धीत […]

२७ सयले घट्यो सुनको मूल्य

काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला दुई हजार सात सय रुपैयाँले घटेको छ । सोमबार छापावाला सुन प्रतितोला एक लाख ३८ हजार दुई सय रुपैयाँ कायम भएकोमा मंगलबार छापावाला सुन प्रतितोला एक लाख ३५ हजार पाँच सय रुपैयाँ तोकिएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार मंगलबार तेजावी सुन पनि प्रतितोला दुई हजार […]

राजनीतिक सहमतिमै अध्यादेश ल्याइएको हो :अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारले राजनीतिक सहमतिमा आधारमा लगानीअनुकूल वातावरण बनाउन अध्यादेश ल्याइएको बताएका छन्। लगानी बोर्डद्वारा सोमबार राति आयोजित प्रमुख सञ्चारमाध्यमका सम्पादकसँगको अन्तरक्रियामा मन्त्री पुनले अध्यादेशमा कसैको विमति नरहेको दाबी गरे। सोमबार मन्त्रिपरिषद् बैठकले लगानीप्रतिकूल ठानिएका कानुनका विभिन्न प्रावधान संशोधनका लागि अध्यादेश ल्याउने निर्णय गरेको थियो।लगानी सम्मेलन सरकार वा सत्ता पक्षमा रहेका […]

लगानीमा देखिएका बाधा हटाउन निजी क्षेत्रले प्रयास गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले निजी क्षेत्र र सरकारबीच गुणात्मक सहकार्य हुनुपर्नेमा जोड दिएका छन् । निजी क्षेत्रलाई विश्वासमा नलिएसम्म देश विकासका लागि सरकारले लिएको उद्देश्य पूरा नहुने भएकाले पनि सरकार र निजी क्षेत्रबीचको सहकार्य बलियो हुनुपर्ने प्रधानमन्त्री दाहालको भनाई छ । मंगलबार काठमाडौंमा आयोजित लगानी बोर्डको बैठकमा बोल्दै उनले निजी क्षेत्रलाई आकर्षित गरेर मात्रै […]

कच्चा पदार्थ र तयारी बस्तुमा दुई तहको भन्सार : मन्त्री भण्डारी

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपाली उद्योगलाई संरक्षण गर्ने नीति अनुरुप आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट ल्याईने बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको छलफलमा उनले नेपालमा औद्योगिकरण गर्ने नीति अनुरुप सरकारले बजेट ल्याउने बताएका हुन् । ‘हामीले तयारी बस्तु र औद्योगिक कच्चा पदार्थ आयातमा दुई तहको फरकमा भन्सारदर […]

आइक्यानको निर्वाचनमा ४ जनाको उम्मेदवारी घोषणा

काठमाडौं । आगामी जेष्ठ २५ गते हुने नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को निर्वाचनमा नेपाल अडिटर्स एसोसिएसन अडानको तर्फबाट ४ जनाले उम्मेदवार घोषणा गरेका छन्। आइक्यानको आसन्न दशौं परिषदको निर्वाचनमा रजिष्टर्ड अडिटर्सहरूको समूहमा सोमबार अडानले ४ जनाले उम्मेदवार घोषणा गरेको हो। घोषणा भएका उम्मेदवारहरूमा तृतीय उपाध्यक्ष झलकमणि लम्साल, उपाध्यक्ष प्रदीपकुमार यादव, उपमहासचिवद्वय भरतकुमार श्रेष्ठ, हरिबहादुर […]