नेपाल टेलिकमले तिर्यो लाइसेन्सको २० अर्ब, नयाँ लाइसेन्सको अन्यौलता कायम

काठमाडौं ।सरकारी स्वामित्वको नेपाल टेलिकमले मोबाइल सेवाको तेस्रो नवीकरण (लाइसेन्स) बापतको रकम भुक्तानी गरेको छ। नेपाल टेलिकमले २५ वर्षे लाइसेन्स अवधि सकिन्न लाग्दा एकमुष्ट नवीकरण शुल्क बुझाएको हो। नवीकरण शुल्क बापत यस अघि नेपाल टेलिकमले १८ करोड ९० लाख रुपैयाँ बुझाई सकेको थियो। अहिले यस अघि तिरेको रकम घटाएर नवीकरण शुल्क बुझाइएको नेपाल टेलिकमका प्रवक्ता […]

नीति कार्यक्रम, बजेट र मौद्रिक नीतिमा तालमेल मिलाइनेछः अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारको नीति तथा कार्यक्रम, वित्त नीति र मौद्रिक नीतिमा सामाञ्जस्यता कायम गरिने बताएका छन् । बैंक तथा वित्तिय क्षेत्रका प्रतिनिधिसँग आगामी आर्थिक वर्षको बजेटबारे सुझाव लिन मंगलबार मन्त्रालयमा आयोजित छलफलमा उनले बजेट र मौद्रिक नीतिबीच तालमेल मिलाइने बताए । त्यसका लागि नेपाल राष्ट्रबैंकसँग छलफल भइरहेको उनको भनाइ थियो । […]

काठमाडौं महानगरले सजावटका लागि राखिएका बत्तीको जनस्वास्थ्य, वातावरण र सहरी व्यवस्थापनका कोणबाट अध्ययन गर्ने

काठमाडौं । रातको समयमा सहरको सजावटका लागि काठमाडौ महानगरपालिकाभित्र विभिन्न स्थानमा राखिएका बत्तीहरुको वातावरणीय, जनस्वास्थ्य, सहरी व्यवस्थापनलगायत कोणबाट अध्ययन हुने भएको छ । मंगलबार महानगरकी उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको अनुगमन समितिले, यसरी राखिएका बत्तीहरुले मानिसको पैदल वा सवारी यात्रामा कस्तो प्रभाव पार्छ? रातको समयमा बास बस्ने तथा उड्ने चराचुरुङ्गी र अन्य जीव जनावरलाई कस्तो […]

बुधबारदेखि राजधानीमा पाँचौं राष्ट्रिय महमेला हुँदै

काठमाडौं । “दैनिक एक चम्चा मह सेवन स्वस्थ र दीर्घ जीवन” भन्ने नाराका साथ बुधबारदेखि राजधानीमा “पाँचौं राष्ट्रिय महमेला २०८१” आयोजना हुने भएको छ । मह उत्पादन खपत बढाउन फाइदाको पक्षलाई व्यापक रुपमा सर्वसाधरणसम्म सूचना प्रवाह गर्न महमेला आयोजना गर्न लागिएको आयोजक पक्षले मंगलबार राजधानीमा पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । स्वदेशी महको बजारीकरण तथा […]

विद्युतीय चुरोटमा प्रतिबन्ध लगाउने तयारी

काठमाडौं । सरकारले विद्युतीय चुरोट (भेप)मा प्रतिबन्ध लगाउने प्रक्रिया सुरु गरेको छ। स्वास्थ्य सेवा विभागअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले प्रतिबन्ध लगाउने प्रक्रियामा सहयोग गर्न विभिन्न मन्त्रालयलाई आग्रह गरेको छ। केन्द्रका निर्देशक केशवराज पण्डितले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भन्सार विभाग र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण […]

३२ प्रतिशतले बढ्यो सर्वोत्तम सिमेन्टको नाफा

काठमाडौं । सर्वोत्तम सिमेन्टले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ३२.३० प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०८०/८१ को चैत्रसम्म कम्पनीको खुद नाफा १२ करोड ७ लाख रहेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा ९ […]

राष्ट्र बैंकले बढायो मौद्रिक नीतिको समीक्षा अवधि

काठमाडौं । राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक र अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने समय अवधि बढाएको छ । बैंकले मौद्रिक नीति तर्जुमा कार्यविधि संशोधन गर्दै समीक्षा सार्वजनिक गरिसक्नु पर्ने समय अवधि थप गरेको हो। संशोधित कार्यविधिमा अब त्रैमास सकिएको ४५ दिन भित्र समीक्षा सार्वजनिक गर्नु पर्ने व्यवस्था गरिएको छ । यस अधि त्रैमास सकिएको ३० दिनभित्र […]

नेप्से २.०६ अकंको सुधार हुदाँ कारोबार रकम पुग्यो २ अर्ब

काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार २.०६ अंकले बढेर १ हजार ९ सय ६०.८१ अंकमा पुगेको छ । सोमबार १५.६२ अंकले घटेको सेयर बजार मंगलबार एकल अंकले बढेको हो । मंगलबार क वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.७७ अंकले बढेर ३ सय ४९.५८ बिन्दुमा पुगेको हो । मंगलबार ३ सय १४ वटा […]

२४ लघुवित्तले नाफा कमाउदाँ सबैभन्दा अगाडि फ्रस्ट माइक्रोफाइनान्स लघुवित्त

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्म आइपुग्दा ५१ वटा लघुवित्त मध्ये २४ वटा लघुवित्तले नाफा कमाएका छन् । चालु आर्थिक वर्षको त्रैमाससम्म वित्तीय विवरण सार्वजनिक गर्ने लघुवित्तहरु मध्ये सबैभन्दा बढी नाफा कमाउनेमा फ्रस्ट माइक्रो फाइनान्स लघुवित्त रहेको छ भने , त्यसपश्चयात क्रमशः मेरो माइक्रोफाइनान्स , स्वलम्बन लघुवित्त, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त, आरएसडिसि लघुवित्त, ग्लोबल […]

कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान

नवलपुर (नवलपरासी) । विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्डमा कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान गरिएको छ । सडक विस्तारको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले सडक विस्तारको काम चाँडै सम्पन्न गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान गरेको जनाएको हो । कम्पनीका ठेक्का सहव्यवस्थापक राकेश झाले नारायणगढ–बुटवल सडकको कालोपत्र गर्ने […]