३२ प्रतिशतले बढ्यो सर्वोत्तम सिमेन्टको नाफा

Prabhu

काठमाडौं । सर्वोत्तम सिमेन्टले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ३२.३० प्रतिशतले बढेको छ ।

आर्थिक वर्ष २०८०/८१ को चैत्रसम्म कम्पनीको खुद नाफा १२ करोड ७ लाख रहेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा ९ करोड १२ लाख रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी २५.१६ प्रतिशतले बढेर ४ अर्ब ५५ करोड पुगेको छ । कम्पनीको अन्य शिर्षकको आम्दानी ७४०.१६ प्रतिशतले बढेर ३ करोड ८ लाख रुपैयाँ पुगेको छ। हाल कम्पनीको चुक्ता पुंजी ४ अर्ब ६५ करोड पुगेको छ। कम्पनीको अन्य इक्विटी शिर्षकमा ४ अर्ब ९० करोड रुपैयाँ रहेको छ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ३ रुपैयाँ ४६ पैसा पुगेको छ भने कम्पनीको प्रतिशेयर नेटवर्थ २१२ रुपैयाँ ७३ पैसा रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात २४४.७९ गुणा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार