नेप्से २.०६ अकंको सुधार हुदाँ कारोबार रकम पुग्यो २ अर्ब

Prabhu

काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार २.०६ अंकले बढेर १ हजार ९ सय ६०.८१ अंकमा पुगेको छ । सोमबार १५.६२ अंकले घटेको सेयर बजार मंगलबार एकल अंकले बढेको हो । मंगलबार क वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.७७ अंकले बढेर ३ सय ४९.५८ बिन्दुमा पुगेको हो ।
मंगलबार ३ सय १४ वटा कम्पनीको ३८ हजार २ सय १४ पटक कारोबार हुदाँ कारोबार रकम भने २ अर्ब १४ करोड ४० लाख २ हजार रुपैयाँ रहन पुग्यो । मंगलबार बजार पुँजीकरण भने ३१ खर्ब ९ अर्ब १ करोड ९१ लाख रुपैयाँ रह्यो ।
मंगलबार १ सय २० वटा कम्पनीको सेयर मुल्य बढ्यो भने १ सय १४ वटा कम्पनीको मुल्य घट्यो र ११ वटा कम्पनीको मूल्य स्थिर रह्यो ।

सोमबार कारोबार भएका १३ उपसमूहहरु मध्ये सम्पूर्ण ९ वटा उपसमूहको सेयर मूल्य आरोलो लाग्दा ४ वटा उपसमूहको मूल्य भने उकालो लागेको हो । जसमा विकास बैंक , माइक्रोफाइनन्स, म्युचल फण्ड र अन्य रहेको छ । बैकिङ ० दशमलव ८६, फाइनान्स २१ दशमलव ६०, होटल तथा पर्यटन १ दशमलव ९९ , जलविद्युत १० दशमलव ४८, लगानी ० दशमलव ३६, र्निजिवन बिमा ० दशमलव ३० र व्यापार २९ दशमलव ५२ अंकले घट्न पुग्यो । विकास बैंक १२ दशमलव ८० , माइक्रोफाइनान्स ९९ दशमलव ९८, म्यचुअल फण्ड ० दशमलव ०५ र अन्य ११ दशमलव २२ अंकले बढेको छ ।

मंगलबार सबैभन्दा बढी कारोबार हुनेमा पोखारा फाइनान्स,आरएसडिसि लघुवित्त, हिमालयन लघुवित्त वित्तीय संस्था, हिमालयन रिइन्स्योरेन्स र नेपाल फाइनान्स । पोखारा फाइनान्सको ८ करोड ३२ लाख रुपैयाँ,आरएसडिसि लघुवित्तको ६ करोड ५७ लाख रुपैयाँ, हिमालयन लघुवित्त वित्तीय संस्थाको ५ करोड १७ लाख रुपैयाँ , हिमालयन रिइन्स्योरेन्सको ४ करोड ३० लाख रुपैयाँ र नेपाल फाइनान्सको ४ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भयो ।
त्यस्तै, मंगदलबार सबैभन्दा बढी कमाउनेमा हिमालयन लघुवित्त वित्तीय संस्था, इन्फीनिटी लघुवित्त,समता लघुवित्त,सबैको लघुवित्त र एनआइसी एसिया ग्रोथ फण्ड रहे भने सबैभन्दा बढी गुमाउनेमा बोटर्लस नेपाल(तराई), सिवाइसी नेपाल लघुवित्त,माउन्टेन हाइड्रो, डोल्टी पावर कम्पनी र नेपाल फाइनान्स रह्यो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार