राष्ट्र बैंकले बढायो मौद्रिक नीतिको समीक्षा अवधि

Prabhu

काठमाडौं । राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक र अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने समय अवधि बढाएको छ । बैंकले मौद्रिक नीति तर्जुमा कार्यविधि संशोधन गर्दै समीक्षा सार्वजनिक गरिसक्नु पर्ने समय अवधि थप गरेको हो।

संशोधित कार्यविधिमा अब त्रैमास सकिएको ४५ दिन भित्र समीक्षा सार्वजनिक गर्नु पर्ने व्यवस्था गरिएको छ । यस अधि त्रैमास सकिएको ३० दिनभित्र समीक्षा सार्वजनिक गर्नुपर्ने व्यवस्था थियो ।

राष्ट्र बैंकले त्रैमासिक तथा अर्थवार्षिक समीक्षा सार्वजनिक गरिसक्नु पर्ने अवधि १५ दिन थप गरेको हो । कार्यविधिको दफा १२ को उपदफा ४ संशोधन गरेर यस्तो व्यवस्था गरेको हो । २०८० माघ २८ गते गभर्नरको अध्यक्षतामा बसेको व्यवस्थापन समितिको बैठकले सो संशोधन गरेको हो।

वार्षिक मौद्रिक नीति सार्वजनिक गर्नु पर्ने अवधि भने यथावत नै छ । वार्षिक मौद्रिक नीति नयाँ आर्थिक वर्ष सुरु भएको १५ दिन भित्र सार्वजनिक गरिसक्नु पर्ने छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार