सरकारले करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने

काठमाडौं ।   सरकारले करको दरमा एकरुपता कायम गर्नका लागि आवश्यक अध्ययन गर्ने भएको छ । प्रदेशहरुमा करको दरमा एकरुपता नभएको पाइएपछि त्यसलाई मिलाउनका लागि आवश्यक अध्ययन गर्न लागिएको हो । राष्ट्रिय विकास समस्या समाधान समितिको ५२औँ बैठकपछि आज आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता यमलाल भुसालले सबै प्रदेशमा करको दरमा एकरुपता ल्याउन अध्ययन गरिने जानकारी  दिएका […]

अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला–२०२४ हुँदै,प्रधानमन्त्रीले उद्घाटन गर्ने

काठमाडौं । अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला–२०२४ सातौं संस्करण चैत १६ गते प्रधानमन्त्री पुष्पकमल दाहालबाट उद्घाटन हुने भएको छ । उद्यमी महिलाहरुरुको साझा संस्था महिला उद्यमी महासंघ नेपाल (एफवीन) ले आयोजना गरेको मेलाले उद्यमी महिलाहरुद्धारा उत्पादित वस्तु तथा सेवाको प्रवर्द्धन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा निर्यातकाका लागि सहजिकरण गर्ने विश्वास छ । महासंघले उद्यमी महिलाको […]

मन्त्रीपरिषद् बैठकले गर्यो स्थानिय तह र प्रदेस सरकारलाई दिने अनुदान स्वीकृत

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष राजस्व बाँडफाँट र हिस्सा बमोजिम प्रदेश र स्थानीय तहलाई ७७ अर्ब ५० करोड रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ । बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले सात प्रदेशलाई ६० अर्ब रुपैयाँ र स्थानीय तहहरुलाई ८८ अर्ब रुपैयाँ समानिकरण अनुदान स्वीकृति गरेको हो ।  

डा. हरि लम्साल सचिवमा नियुक्त

काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले हरि लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले तीनजना सहसचिवहरू डा. हरि लम्साल, केदारनाथ शर्मा र लोकनाथ पौडेलको नाम सिफारिस गरेको थियो। पहिलो नम्बरका डा. लम्साल सचिव बनेका हुन्। उनी सुदूरपश्चिम प्रदेशको कायम मुकायम प्रमुख सचिवका […]

चैते धानको समर्थन मुल्य तोकियो

काठमाडौं । सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रतिक्विन्टल दुई हजार ७०७ न्यूनतम समर्थन मूल्य तोकेको छ । त्यस्तै, १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा एक प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १२०० ग्रामका दरले हुन आउने तौल घटाएर कायम हुन आउने तौलका आधारमा […]

एमडीएमएस खरिद प्रकरण, २० जना बिरुद्द अख्तितारद्वारा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झा र पुरुषोत्तम खनालसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा उनीहरु विरुद्ध अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । उक्त एमडीएमएस खरिद कार्य गर्दा पुष्टयाइँको आधार बिना बदनियतपूर्ण ढंङ्गले अस्वभाविक बढी […]

पाटन  क्याम्पसले आयोजनामा गरेको अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन सुरु

काठमाडौं । पाटन  क्याम्पसले  आयोजनामा गरेको अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन बिहीबार सुरु भएको छ । ललितपुरस्थित पाटन मल्टिपल क्याम्पसको आयोजनामा सुरु भएको ‘फस्र्ट इन्टरनेसनल कन्फरेन्स अन इकोनोमिक्स, २०२४’ (एफआईसीई २०२४) आगामी शुक्रबार सकिने छ  । क्याम्पसको अर्थशास्त्र विभागको नेतृत्वमा आयोजित सम्मेलनमा नेपालसहित भारत, बंगलादेश, भुटान, श्रीलंका, सिंगापुर र मलेसियाका का प्रतिनिधिहरु सहभागी छन् । अर्थशास्त्रको विकासक्रममा […]

विकास निर्माणका क्षेत्रमा काम गर्न बाँकी छ : प्रधानमन्त्री

काठमाडौं ।   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास निर्माणका क्षेत्रमा अपेक्षाअनुसार धेरै काम गर्न बाँकी रहेको बताइका छन् । सिंहदरबार आज आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सुशासनका क्षेत्रमा नयाँ काम थालनी गरेको तर विकास निर्माणका क्षेत्रमा अझै मेहनत गर्नुपर्ने बताएका हुन्। “चालु आर्थिक वर्षको यस […]

जीवन बीमा कम्पनीका पूर्व सीईओहरुलाई जीवन बीमक संघले गर्यो सम्मान

काठमाडौं । जीवन बीमा कम्पनीमा काम गरेर अहिले बाहिरिएका पाँच जना पूर्व सीईओ सम्मानित भएका छन् । सम्मान कार्यक्रम नेपाल जीबन बीमक संघले गरेको हो । सम्मान कार्यक्रममा सम्मानित जीवन बीमा कम्पनीका  पुर्ब सिइओहरुमा क्रमश पूर्व रमेश कुमार भट्टराई, मनोज कुमार भट्टराई, कवि पाठक, निर्मल दाहाल र एलपी दास हुन् । सम्मानित ब्यक्तिहरु अहिले सो […]

ग्लोबल आइएमई बैंकलाई र अन्तर्राष्ट्रिय वित्त निगमले परामर्श सेवा उपलब्ध गराउने

काठमाडौं ।  ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त क्षेत्रमा आईएफसीले परामर्श सेवा प्रदान  दिने सम्झौता भएको छ । ग्लोबल आइएमई बैंक तर्फबाट  प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आईएफसीको तर्फबाट दक्षिण एशिया क्षेत्रीय सल्लाहकार तथा अपस्ट्रीम प्रबन्धक मेहदी चेरकाउई ले सम्झौतामा […]