ग्लोबल आइएमई बैंकलाई र अन्तर्राष्ट्रिय वित्त निगमले परामर्श सेवा उपलब्ध गराउने

Prabhu

काठमाडौं ।  ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त क्षेत्रमा आईएफसीले परामर्श सेवा प्रदान  दिने सम्झौता भएको छ ।

ग्लोबल आइएमई बैंक तर्फबाट  प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आईएफसीको तर्फबाट दक्षिण एशिया क्षेत्रीय सल्लाहकार तथा अपस्ट्रीम प्रबन्धक मेहदी चेरकाउई ले सम्झौतामा  हस्ताक्षर गरेका हुन् ।

आईएफसीले ग्लोबल आइएमई बैंकको कर्जा जोखिम, सञ्चालन जोखिम, बजार जोखिम तथा सम्पत्ति तथा दायित्व व्यवस्थापन ढाँचालाई सुदृढ पार्न परामर्श दिने, बैंकको जोखिम व्यवस्थापन नीतिलाई  अन्तराष्ट्रिय स्तरमा कायम जोखिम व्यवस्थापन अभ्यास अनुरुप परिमार्जन गर्ने लगायतका विषयमा परामर्श दिने छ ।

आईएफसीले जलवायु वित्त क्षमता निर्माणको लागि आधारभूत जलवायु साक्षरता तथा लक्षित क्षमता निर्माण कार्यक्रमहरुमा दक्षता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्नेछ ।

साथै आईएफसीले ग्लोबल आइएमई बैंकलाई यातायात, जलवायु–स्मार्ट कृषि र सौर्य परियोजना लगायत विभिन्न क्षेत्रको जलवायु वित्तमा पहुँच बढाएर नेपालमा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका प्रयासमा पनि विशेष परामर्श दिनेछ ।

आर्ईएफसीको परामर्शले नेपालमा जोखिम व्यवस्थापन, लैङ्गिक वित्त तथा जलवायु वित्त क्षेत्रमा नयाँ आयाम थपिनेमा बैंक आशाबादी रहेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार