एमडीएमएस खरिद प्रकरण, २० जना बिरुद्द अख्तितारद्वारा मुद्दा दायर

Prabhu

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झा र पुरुषोत्तम खनालसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा उनीहरु विरुद्ध अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उक्त एमडीएमएस खरिद कार्य गर्दा पुष्टयाइँको आधार बिना बदनियतपूर्ण ढंङ्गले अस्वभाविक बढी काम/लागत देखाई उक्त लागत अनुमान र बोलपत्र स्वीकृत नगराई एक्सप्रेसन अफ इन्ट्रेस्ट जारी गरेको अख्तियारले उल्लेख गरेको छ ।

मनासिब कारण बिना लागत इष्टिमेट अस्वभाविक रूपमा बढाई अस्वभाविक रूपमा बढी सामान बढी मूल्य तिरी खरिद गर्ने, गलत लिखत तयार गर्ने, सरकारी/सार्वजनिक कागजातहरू लुकाए/नष्ट गर्ने गराउने कार्य गरेको पुष्टी भएको अख्तियारको ठहर छ ।

उनीहरुविरुद्ध १ अर्ब १४ करोडभन्दा बढी रकम माग दाबी गरिएको छ ।

एमडीएमएस परामर्श सेवा खरिद गर्ने कार्य गर्दा गराउँदा ९१ करोड ९८ करोड लाख ३० हजार ८८२ रुपैयाँ प्रतिवादी राष्ट्रसेवकले आफू तथा परामर्शदाता न्यूमेरा जेभीलाई गैरकानूनी लाभ पुर्‍याउने र नेपाल दूरसञ्चार प्राधिकरण/नेपाल सरकारलाई गैरकानूनी हानिनोक्सानी पुर्‍याउने भ्रष्टाचार जन्य कसुरमा संलग्न भएको अख्तियारले जनाएको छ ।

मुद्दामा फैसला हुँदाको मितिको प्रचलित डलरको विनिमय दर बमोजिमको थप रकमसमेत गणना गरी बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी खर्च भएको देखिएको २३ करोड २० लाख ५९ हजार उनीहरुबाट असुल उपर गर्न अख्तियारले माग दाबी गरेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, पुरुषोत्तम प्रसाद खनाल, निर्देशक/वरिष्ठ निर्देशक आनन्द राज खनाल, उपनिर्देशक/निर्देशक मिन प्रसाद अर्याल, सहायक निर्देशक/उपनिर्देशक विनोद चन्द्र श्रेष्ठ, निर्देशक दिपेश आचार्य, उपनिर्देशक सुरेन्द्रलाल हाडा, सहायक निर्देशक/उपनिर्देशक रेवती राम पन्थ, सहायक निर्देशक/उपनिर्देशक संदिप अधिकारी, सहायक निर्देशक/उपनिर्देशक सूर्य प्रसाद लामिछाने, उपनिर्देशक अच्युता नन्द मिश्र, सहायक निर्देशक विजय कुमार राय यादव, सहायक निर्देशक प्रतिक्षा पौडेल, सहायक निर्देशक निराजन कोइरालाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार