‘सिद्धार्थ भिलासा’ले पायो ‘पाँच तारे’ होटलको मान्यता

काठमाडौं ।  सिद्धार्थ हस्पिटालिटी ग्रुपले सञ्चालनमा ल्याएको भैरहवाको ‘सिद्धार्थ भिलासा’ले पाँच तारे होटल स्तरको मान्यता पाएको छ । २६ वर्षको हस्पिटालिटी अनुभव भएको ‘भिलासा’ सिद्धार्थ ग्रुपको लग्जरी ब्राण्ड हो । पर्यटन विभागले हालै होटलको स्थलगत अनुगमन तथा निरीक्षण गरी स्तरोउन्नति गरेको हो । ‘लुम्बिनी प्रदेशमा सञ्चालित उक्त होटललाई पर्यटन ऐन अनुसार पाँच तारा स्तरको होटलमा […]

सहकारीको नियमनका लागि छुट्टै निकाय गठन गर्न स्वायत्त निकाय गठन गर्न विज्ञको सुझाव

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारीहरूलाई नियमन गर्न शक्तिशाली नियाकम गठन प्रक्रिया अघि बढाईएको बताएका छन् । सहकारी विभागको सहकार्यमा नेपाल सहकारी पत्रकार समाज (सीजेएन)ले आयोजना गरेको ‘सहकारीमा दोस्रो तहको नियामक आवश्यकता र औचित्य’ विषयक छलफल कार्यक्रममा उनले सो कुरा बताएका हुन् । उनले भने  ‘अनुशासनमा नबस्नु भनेको नै […]

नेपाल लाइफ क्यापिटलले गर्यो लगानी व्यवस्थापन सम्बन्धी सचेतना कार्यक्रम

काठमाडौं ।  नेपाल लाइफ क्यापिटलले १८ मार्च देखि २४ मार्च सम्म संचालित “æGlobal Money Weekको अवसरमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । सो कार्यक्रम क्यापिटलले नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा गरेको हो । कार्यक्रममा  धितोपत्र बजार, लगानी र जोखिम न्यूनीकरण विषयमा मुलुकका ५ स्थानमा अन्तरक्रिया कार्यक्रम गरको थियो  । “उज्वल भविष्यका लागि लगानी“ भन्ने मुल नाराका […]

नेशनल बैकिङ्ग इन्स्टिच्युट र सिद्वार्थ बैंक ले “नेपालमा ईभिमा वित्तिय लगानीमा सहकार्य गर्ने

नेशनल बैकिङ्ग इन्स्टिच्युट र सिद्वार्थ बैंक ले  “नेपालमा विद्युतिय सवारी साधनमा वित्तिय लगानीको सम्भाव्यता” का बारेमा अध्ययन अध्ययन गर्ने भएका छन् । “नेपालमा विद्युतिय सवारी साधनमा वित्तिय लगानीको सम्भाव्यता” का बारेमा अध्ययन  गर्ने नेशनल बैकिङ्ग इन्स्टिच्युट र सिद्वार्थ बैंक ले  सम्झौता गरेका हुन् । सम्झौतामा सिद्वार्थ बैंकका  प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कंडेल र नेशनल […]

आगामी आर्थिक बर्षको बजेट लेखनका लागि समिति गठन

काठमाडौं । जेठ १५ मा संसदको संयुक्त सदनमा सरकारको तर्फबाट अर्थमन्त्रीबाट पेश हुने बजेट वक्तव्य का लागि बजेट मस्यौदा लेखन समिति गठन भएको छ । आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि अर्थमन्त्री बर्षमान पुनले बजेट लेखन समित गठन गरेका हुन् । अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्माको संयोजकत्वमा गठन भएको समितिका सदस्यहरुमा सहसचिव रितेश कुमार शाक्य, […]

मैलुङ्ग खोला जलबिधुत कम्पनिको शेयरमूल्य समायोजन

काठमाडौं । मैलुङ्ग खोला जलविद्युत कम्पनी लिमिटेड  को शेयरमूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा  समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो यस दिन नेप्सेले कम्पनीको २.२२११ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात कम्पनीको शेयरमूल्य ४६१ रुपैयाँ ७४ पैसा कायम भएको […]

नेशनल लघुवित्तको साधारणसभा हुँदै, लाभांश र एफपीओ निष्काशन प्रस्ताव पारित गर्ने

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाको दशौँ वार्षिक साधारण सभा आज चैत १६ गते, शुक्रबार गर्दैछ । कम्पनिको साधारणसभाले  अघिल्लो आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश अनुमोदन गर्नुका साथै, एफपीओ निष्काशनको प्रस्ताव पारित गर्नेछ । सभाले गत आर्थिक वर्षको ७.५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ८ करोड १३ लाख […]

यस्तो छ आज बिदेशी मुद्राको बिनिमय दर

काठमाडौं । आजको बिदेशी मुद्रा बिनिमयदरमा अमेरिक डलरको  खरिद दर १३३.१५ र  बिक्रि दर १३३ रुपैया ७५पैसा रहेको छ । आजको युरोपियनयुरोको खरिद दर १४३.७२ बिक्रिदर १४४.३७ रहेको छ । युके पाउण्ड स्टलिङ को बिक्रि  मुल्य १६८.८ बिक्रि दर १७९.९४ रहेको छ । स्वीस फान्सको खरिद मुल्य १४७.०८ बिक्रि दर १४७.७४ रहेको  राष्ट्र बैङ्कले जनाएको […]

आज दिनभर माैसम बदलि सहित हल्का बर्षा हुने

हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ ।  नेपाल मौसम पुर्बानुमामहाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक- दूई स्थानमा हल्का वर्षा भईरहेको छ ।  आज  देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। कोशी प्रदेश, बागमती प्रदेश , गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी […]

पर्यटन बोर्डमा बोर्ड सदस्य नियुक्त

काठमाडौं । विहीबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल पर्यटन बोर्ड सञ्चालक समितिको सदस्यमा तीन जना नियुक्त गरेको छ । बोर्डको कार्यकारी समितिको रिक्त सदस्य पदमा ऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटालाई मनोनयन गर्ने निर्णय गरेको हो । सरकारको यो  निर्णयसँगै बोर्डमा रिक्त रहेको बोर्ड सदस्यले पूर्णता पाएको छ । बिगत २ महिना देखि पर्यटन बोर्डको […]