पर्यटन बोर्डमा बोर्ड सदस्य नियुक्त

Prabhu

काठमाडौं । विहीबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल पर्यटन बोर्ड सञ्चालक समितिको सदस्यमा तीन जना नियुक्त गरेको छ । बोर्डको कार्यकारी समितिको रिक्त सदस्य पदमा ऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटालाई मनोनयन गर्ने निर्णय गरेको हो ।

सरकारको यो  निर्णयसँगै बोर्डमा रिक्त रहेको बोर्ड सदस्यले पूर्णता पाएको छ ।

बिगत २ महिना देखि पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिईओ) रिक्त छ । बोर्ड सञ्चालक समितिले बोर्डको सीईओ नियुक्त गर्न आवश्यक प्रक्रिया अगाडि बढाइसकेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार