नेशनल लघुवित्तको साधारणसभा हुँदै, लाभांश र एफपीओ निष्काशन प्रस्ताव पारित गर्ने

Prabhu

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाको दशौँ वार्षिक साधारण सभा आज चैत १६ गते, शुक्रबार गर्दैछ ।

कम्पनिको साधारणसभाले  अघिल्लो आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश अनुमोदन गर्नुका साथै, एफपीओ निष्काशनको प्रस्ताव पारित गर्नेछ ।

सभाले गत आर्थिक वर्षको ७.५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ८ करोड १३ लाख १५ हजार ४६६ रुपैयाँ ४६ पैसा नगद लाभांश वितरण गर्ने र ६ लाख ६९ हजार ९००.२७ कित्ता एफपीओ निष्काशन गर्ने विशेष प्रस्ताव  का साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना तथा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार